Technology Khabar ४ असार २०८२, बुधबार
काठमाडौं ।
क्यानालिसको नयाँ तथ्याङ्क अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा चीनमा पीसी र ट्याब्लेट ढुवानीमा मध्यम वृद्धि देखिएको छ। चीनमा पीसी ढुवानी (ट्याब्लेट बाहेक) ८.९ मिलियन युनिट पुगेको रिपोर्टले देखाएको र यो वर्षिक रुपमा १२ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ।
त्यसैगरी, ट्याब्लेट ढुवानी ८.७ मिलियन युनिटमा बढेको रिपोर्ट गरिएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले वृद्धि भएको छ।
चिनियाँ सरकारको अनुदान कार्यक्रमले धेरैजसो भार उठाइरहेको देखिन्छ भनी रिपोर्टले उल्लेख गरेको छ।
प्रोत्साहनहरूले उपभोक्ताहरूलाई पुराना डिभाइसहरू, विशेष गरी नोटबुकहरू अपग्रेड गर्न दबाब दिइरहेको बताइएको छ जुन सन् २०२४ को पहिलो त्रैमासिकको तुलनामा २० प्रतिशतले वृद्धि भएको छ।
यद्यपि, व्यावसायिक पीसी बजारको गति भनि सुस्त देखाएको छ। क्यानालिसको प्रतिवेदनले ठूला उद्यमहरूबाट खरिदहरू स्थिर रहेको देखाएको छ भने एसएमबी (स्मल र मिडियम–साइज्ड बिजनेस) क्षेत्रले लगभग तीन वर्षको गिरावट पछि सुधारको केही संकेत देखाएको र वर्षभरि २ प्रतिशतले बढेको उल्लेख गरिएको छ।
लेनोभोले शीर्ष स्थान सुरक्षित गर्योः
पीसी बिक्रेताहरूमध्ये, लेनोभोले २.६३ मिलियन युनिट ढुवानी र ३० प्रतिशत बजार हिस्साको साथ आफ्नो अग्रता कायम राख्न सफल भएको छ। यद्यपि, यो अझै पनि सन् २०२४ को पहिलो त्रैमासिकको तुलनामा ३ प्रतिशत गिरावट हो। हुवावेले १.०४ मिलियन युनिट ढुवानी (१२ प्रतिशत हिस्सा) सँग ८ प्रतिशत वृद्धिको साथ दोस्रो स्थान सुरक्षित गरेको छ।
पीसीहरू उत्पादन र बिक्री गर्ने अर्को चिनियाँ कम्पनी आईसफ्टस्टोनले सन् २०२५ को पहिलो त्रैमासिकमा ८९०,००० युनिट ढुवानी गरेको छ। यो वर्षिक रुपमा १११ प्रतिशतको ठूलो वृद्धि हो, जसले यसको बजार हिस्सा १० प्रतिशतमा ल्याएको उल्लेख गरिएको छ।
त्यसैगरी एप्पल र एचपी शीर्ष पाँचमा पर्न सफल भएका छन्। एप्पलले ६८०,००० युनिट ढुवानी (८ प्रतिशत हिस्सा) को साथ ४३ प्रतिशतले वृद्धि गरेको छ भने एचपीले ६४०,००० युनिट ढुवानी (७ प्रतिशत हिस्सा) को साथ ७ प्रतिशतको गिरावट देखेको उल्लेख गरिएको छ।
ट्याब्लेट खण्डमा, ह्वावेले २.३ मिलियन युनिट ढुवानी (२६ प्रतिशत बजार हिस्सा) को साथ नेतृत्व गरेको छ। त्यसपछि एप्पलले २.१ मिलियन युनिट ढुवानी (२४ प्रतिशत) को साथ दोस्रो स्थान सुरक्षित गरेको छ। शाओमीले१४ लाख युनिटहरू ढुवानी गर्दै ५७ प्रतिशतको वर्षिक वृद्धिको उच्चतम रेकर्ड राखेको छ।
अनरले ९००,००० युनिट ढुवानी गरेको र ४१ प्रतिशतको साथ पछि परेको छ भने लेनोभोले ५००,००० युनिटहरू ढुवानी गर्दै २३ प्रतिशत गिरावट देखेको छ।
क्यानालिसले सन् २०२५ को बाँकी समयको लागि समतल पीसी बजारको पूर्वानुमान गरेको छ र सन् २०२६ मा ६ प्रतिशतको थोरै वृद्धि हुने अपेक्षा गरिएको छ। ट्याब्लेट बजार यस वर्ष ५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ भने त्यसपछि अर्को वर्ष ८ प्रतिशतले संकुचन हुने अनुमान गरिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ४ असार २०८२, बुधबार