Technology Khabar २९ जेष्ठ २०८२, बिहीबार
काठमाडौं ।
अनरले ‘अनर एक्स६सी’ आधिकारिक रुपमा लन्च गरेको छ। ब्रान्डको पछिल्लो बजेट इन्ट्रि फोनमा १२०हर्ज एलसीडी, ८जीबी सम्मको र्याम र २५६जीबी स्टोरेजका साथै ३५वाट चार्जिङको साथ ५,३०० एमएएच ब्याट्री समावेश गरिएको छ।
एक्स६सी मा एचडी+ रिजोल्युसन र १२०हर्ज रिफ्रेस रेटसहितको ६.६१–इन्चको आईपीएस एलसीडी रहेको छ। प्यानललाई १,००० निट्स पीक ब्राइटनेसमा मूल्याङ्कन गरिएको छ भने डिभाइसमा ५ मेगापिक्सेल सेल्फी शूटरको लागि पञ्च होल कटआउट पनि रहेको छ। साथै फिङ्गरप्रिन्ट रिडर पावर बटनमा एकीकृत गरिएको छ।
अनरले ६/८जीबी र्याम र १२८/२५६जीबी स्टोरेजको साथ मिडियाटेकको हेलियो जी८१ अल्ट्रा चिपसेट डिभाइसमा समावेश गरेको छ। फोनको पछाडिको भागमा एफ/१.८ एपर्चरको साथ ५० मेगापिक्सेलको मुख्य क्यामरा र क्यूभीजीए डेफ्थ हेल्पर रहेको छ।
त्यसैगरी फोनको सफ्टवेयर पक्ष एन्ड्रोइड १५ मा आधारित म्याजिकओएस ९ द्वारा कभर गरिएको छ। फोनमा आईपी६४ रेटिङ, समर्पित एआई बटन र हेडफोन ज्याक पनि रहेको जनाइएको छ।
अनर एक्स६सी ओशन सायन, मुनलाइट ह्वाइट र मिडनाइट ब्ल्याक रङ्गहरूमा आउङ्गे बताइएको छ भने यसको मूल्य १४१ अमेरिकी डलर बाट सुरु हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २९ जेष्ठ २०८२, बिहीबार