नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा चार पांग्रेले २१, चार पांग्रेले १८ तथा व्यवसायीकले पाए ९ स्टल

Technology Khabar २८ जेष्ठ २०८२, बुधबार

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा चार पांग्रेले २१, चार पांग्रेले १८ तथा व्यवसायीकले पाए ९ स्टल

काठमाडौं ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसियशन (नाइमा) ले नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि पहिलो संस्करणको स्टल बाँडफाँड कार्यक्रम संस्थाको कमलपोखरीस्थित कार्यालयमा सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा चार पांग्रे, दुई पांग्रे र व्यावसायिक सवारी साधन क्षेत्रका गरी ५० ब्रान्डहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रदर्शनी २०८२ साउन २१ देखि २५ गते (६-१० अगस्ट २०२५) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। कुल ४८ स्टलमध्ये २१ वटा चार पांग्रे सवारी ब्रान्डलाई १८ वटा दुई पांग्रे ब्रान्डलाई र ९ वटा स्टल व्यावसायिक सवारी साधन ब्रान्डलाई प्रदान गरिएको हो।

नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरूबाट प्राप्त सकारात्मक र उत्साहजनक सहभागिताले हामी अत्यन्त हर्षित र उत्साहित छौं। सबै स्टल बुक भइसकेका छन् र अब हामी प्रदर्शनीको कार्यान्वयनमा ध्यान केन्द्रित गर्दैछौं’, नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले भनिन्।

नाइमाले नेपालका मोबिलिटी क्षेत्रको साझा आवाजको प्रतिनिधित्व गर्ने, रणनीतिक सहकार्य गर्ने, विकासमा योगदान पुयाउने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नीति निर्माताहरूसँग प्रभावकारी पैरवी गर्ने साझा थलोको रूपमा काम गर्दछ।

संस्थाका अनुसार नाइमा नेपाल मोबलिटी एक्स्पो २०२५ ले परम्परागत प्रदर्शनीको ढाँचाहरुमा नविनता थप्नेछ साथै बजारमा धेरै उपभोक्ता र अटोमोबाईल व्यवसायीहरूलाई आफ्नो सवारी साधनलाई नयाँ र आकर्षक ढङ्गले प्रस्तुत गर्ने अवसर पाउने छन्। प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रा.लि. ले गर्ने बताइएको छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा निम्न ब्राण्डहरुले सहभागिता सुनिश्चित गरेका संस्थाले जनाएको छ:

सहभागी चारपांग्रे सवारी ब्रान्डहरू:

बीवाईडी, सिट्रोन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्ट्स, होण्डाई, केई, किया, लीपमोटर, लेभ१, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्शुबिशी, निसान, ओमोडा एण्ड जाइकू, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन, जीकर

सहभागी दुई पांग्रे सवारी ब्रान्डहरू:

एम्पियर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो होण्डा, केटीएम, महिन्द्रा, निउ, रिभोल्ट, रोयल एनफिल्ड, सेगवे-नाइनबट, सुजुकी, ट्रायम्, टीभीएस, अल्ट्राभायोलेट, यडिया, जीहो

सहभागी व्यावसायिक सवारी साधन ब्रान्डहरू:

चेरी वाण्डा, डोङफेङ फारिजोन, ह्वाजी, कामा, क्यारी, किङलङ, सुनलङ

Sajilo Visa

प्रकाशित: २८ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया