Technology Khabar २७ जेष्ठ २०८२, मंगलवार
काठमाडौं ।
म्याकओएस टाहो २६ को नाम सुन्दा पूर्ण आकारको अमेरिकी एसयूभी जस्तो लाग्न सक्छ। तर म्याकओएस टाहो २६ को नाम वास्तवमा लेक टाहोको नाममा राखिएको हो जुन क्यालिफोर्निया र नेभाडाको बीचमा रहेको छ। अपडेटले एप्पलको नयाँ सफ्टवेयर पोर्टफोलियोको बाँकी भागमा नयाँ लिक्विड ग्लास डिजाइन ल्याङ्गवेज (भाषा) ल्याएको छ। आईओएस २६ सँग प्रस्तुत गरिएको कल स्क्रिनिङ, होल्ड असिस्ट र लाइभ ट्रान्सलेसन जस्ता केही प्रमुख सुविधाहरू म्याकओएस मा आउने भएका छन्।
लिक्विड ग्लासले थप गहिरो, पारदर्शी मेनु बार र कन्ट्रोल सेन्टरलाई सबैभन्दा उल्लेखनीय देखिने परिवर्तनको रूपमा ल्याएको छ। एप्पलले कन्ट्रोल सेन्टर टगल्स विस्तार गरेको र थिम कलरहरू पनि थपेको छ जसले डेस्कटपलाई अझ एकीकृत बनाउन सकिने जनाइएको छ। त्यसैगरी नयाँ फोल्डर कलर्स (रङहरू) पनि चयन गर्न सकिने र तिनीहरूमा इमोजीहरू थप्न सकिने उल्लेख गरिएको छ।
त्यसैगरी एप्पलले म्याकहरुमा फोन एप ल्याउने भएको छ। यद्यपि यसलाई काम गर्नको लागि सक्रिय आईफोन चाहिने उल्लेख गरिएको छ। योसँगै अब कलहरू लिन र प्राप्त गर्न सकिने छ भने आफ्नो मनपर्ने कन्ट्याक्ट (सम्पर्कह) रूमा पनि पहुँच गर्न सकिने बताइएको छ।
लाइभ एक्टिभिटिज (गतिविधिहरू) अब मेनु बारमा रहनेछन् जसबाट खाना अर्डर वा राइड–हेलिङ अनुरोधहरू जाँच गर्न सकिनेछ। यद्यपि फोन एप जस्तै, यो सुविधा आईफोनबाट कन्टिन्यूटि (निरन्तरता) मार्फत काम गर्नेछ।
स्पटलाइटले अहिलेसम्मकै सबैभन्दा ठूलो अपडेट प्राप्त गरेको छ। प्रयोगकर्ताहरूले अब कुनै पनि अन्य एपहरू नखोलीकनै इमेल पठाउने, नोटहरू सिर्जना गर्ने वा सर्टकटहरू सुरु गर्ने जस्ता कुनै पनि कार्यहरू पूरा गर्न सक्नेछन्। साथै तपाईं स्पटलाइटको मेनु बार भित्र उपलब्ध कार्यहरू गर्नका लागि पनि प्रयोग गर्न सकिने छ। स्पटलाइट परिणामहरू अब प्रयोगकर्ताको लागि सान्दर्भिकताको आधारमा सूचीबद्ध र श्रेणीबद्ध गरिने भएका छन्।
सर्टकट्सले पनि ओभरहाल प्राप्त गरिहेको र अब पूर्वनिर्धारित समयमा वा स्पेसिफिक एक्सन्स (विशिष्ट कार्यहरू) बाट कार्यान्वयन गर्न सकिने बताइएको छ।
सफारीले लोडिङ स्पिड (गति) र ब्याट्री लाइफ (जीवन) मा सुधारको साथसाथै नयाँ लिक्विड ग्लास डिजाइनसँग मिल्दोजुल्दो भिजुअल ओभरहाल प्राप्त गरेको छ। साथै एप्पलको जर्नल एप अब म्याकमा उपलब्ध भएको छ।
नयाँ एप्पल गेम्स एपले पनि साउण्ड (ध्वनि), ब्राइटनेस (चमक), पेयर्ड कन्ट्रोलर (जोडी नियन्त्रक) र ब्याट्री लेभल (स्तर) को लागि कन्ट्रोल्स (नियन्त्रणहरू) सहितको गेम ओभरले ल्याएको छ। एप्पलले फ्रेम मेटलएफएक्स, फ्रेम इन्टरपोलेसन र मेटलएफएक्स डिनोइजिङको साथ मेटल ४ पनि ल्याउने भएको छ। प्रयोगकर्ताहरूले चाँडै आउँदै गरेका ठूला टाइटल्सहरू भएका खेलहरूको बढ्दो सूची पनि देख्ने उल्लेख गरिएको छ।
म्याकओएस टाहो २६ विकासकर्ता बिटामा उपलब्ध भएको जनाइएको छ। पब्लिक बिटा भने अर्को महिना आउने र आधिकारिक रिलीज यस फलमा हुने बताइएको छ। तइसैगरी यो टी२ सेक्योरिटी चिप (म्याकबुक प्रो, २०१८ पछिका एयर) भएका सबै एप्पल सिलिकन म्याकहरूसँग उपयुक्त हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २७ जेष्ठ २०८२, मंगलवार