Technology Khabar २७ जेष्ठ २०८२, मंगलवार
काठमाडौं ।
ओपनएआईको च्याटजीपीटी सेवाकेही प्रयोगकर्ताहरूको लागि डाउन भएको छ। मंगलबार बिहान प्लेटफर्मले पर्फमेन्स इस्यूज (समस्याहरू) अनुभव गर्न थालेपछि च्याटजीपीटी सेवा हाल केही प्रयोगकर्ताहरूको लागि डाउन भएको हो।
डाउनडिटेक्टरले समस्याहरू बिहान ३ बजे (ईस्टर्न टाइम जोन–ईटी) वरिपरि सुरु भएको देखाएको उल्लेख छ भने प्लेटफर्मले काम नगरेसँगै विश्वव्यापी रूपमा धेरै क्षेत्रहरू प्रभावित भएको जनाइएको छ।
ओपनएआईको स्ट्याटस पेजले केही प्रयोगकर्ताहरूले त्यस समयमा “उच्च त्रुटि दर र ढिलाइ” अनुभव गर्न थालेको बताएको छ। उक्त समस्याहरूले च्याटजीपीटी, यसको सोरा एआई टेक्स्ट–टु–भिडियो टुल र ओपनएआई एपीआईहरूलाई असर गरिरहेको उल्लेख गरिएको छ।
बिहान ५ः२३ बजे (ईस्टर्न टाइम जोन–ईटी) सम्म, ओपनएआईले “सोरा मा उच्च त्रुटि दर” को लागि छुट्टै लाइन थपेको र पछि च्याटजीपीटीको स्थितिलाई “आंशिक आउटेज” मा अपडेट गरेको उल्लेख छ।
केही प्रयोगकर्ताहरूले च्याटजीपीटी पहुँच गर्न सक्षम भए पनि सेवा ढिलो हुनुका साथै प्रतिक्रियाको लागि सामान्य भन्दा धेरै समय लिइरहेको बताइएको छ।
अरू प्रयोगकर्ताहरूले भने कुनै पनि समस्या बिना च्याटबोट प्रयोग गरिरहेको हुनाले आउटेज र इररले प्रत्येक प्रयोगकर्तालाई असर नगरेको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २७ जेष्ठ २०८२, मंगलवार