Technology Khabar २७ जेष्ठ २०८२, मंगलवार
काठमाडौं ।
बागमतो प्रदेशमा दर्ता भएको सवारीसाधनको विद्युतीय अभिलेखीकरण ( डिजिटाइजेसन) राख्ने काम एक वर्षमा सम्पन्न गरिने भएको छ। श्रम रोजगार तथा यातायात मन्त्रालय बागमतोमा दर्ता भएकामध्ये ५८ हजार सवारीसाधनको विद्युतीय अभिलेखीकरण भएको छ।
यातायात व्यवस्था कार्यालय साना ठुला सवारी एकान्तकुनाले हालसम्म झन्डै आठ हजार चारपाङ्ग्रे सवारी विद्युतीय अभिलेखीकरण गरेको छ। कार्यालयले ३० जना ज्यालादारी कर्मचारी राखेर दैनिक काम गरिरहेको कार्यालय प्रमुख पवित्र कुँवरले जानकारी दिए।
उनले भने, “यो महिनादेखि छुट्टै कर्मचारी राखेर कामलाई गति दिएका छौं। अहिलेसम्म दुई सय षटा चारपाङ्गे सवारी अनलाइन अभिलेख भएका छन्। एक वर्षमा सबै सक्ने योजनासहित काम गरिएको छ।”
एकान्तकुना कार्यालयमा तीन लाख सवारीका फाइल रहेका छन्। कार्यालयले फागुनदेखि यो काम सुरु गरेको हो। दुईपाङ्रे सवारोको विद्यनीय अभिलेख राख्ने काम पनि तीव्र बनाइएको यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधाराले जनाएको छ।
गुर्जुधारा कार्यालयले ५० जना ज्यालादारी कर्मचारी राखेर अभिलेख गरिरहेको छ। हालसम्म गुर्जुधारामा दुईपाङ्ग्रे सवारीमा मात्र अभिलेख राख्ने काम भएको छ।
बागमतीमा चितवन, हेटौँडा, एकान्तकुना र गुर्जुधारा कार्यालयबाट विद्युतीय अभिलेख राख्ने काम हुँदै आएको छ। अभिलेख नागरिक एपबाट पनि हेर्न सकिने श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीका सूचना अधिकारी खगेन्द्र पौडेलले बताए।
विद्युतीय अभिलेख भएपछि कर चुक्तालगायतका जानकारो अनलाइनमै उपलब्ध हुने छ। कागजात बोकिरहन पर्दैन। पौडेलले भने, “एकीकृत अनलाइन डाटा उपलब्ध हुन्छ। नियन्त्रण र नियमन अनलाइनबाट हुन्छ।”
लगत कट्टालगायत २० वर्ष पुराना सवारीलाई पत्रु बनाउन पनि अनलाइन अभिलेखबाट सहयोग हुने मन्त्रालयले जनाएको छ। चारपाङ्ग्रे सवारीको फाइल सम्बन्धित कार्यालयमा रहेकाले हाल उक्त फाइलै अभिलेख गर्ने काम भएको छ।
श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले सवारीका ब्लुबूक अर्थात् नीलो किताबलाई अनलाइन प्रणालीमार्फत क्युआर कोड राख्ने काम सुरु गरेको छ। नीलो किताबमा हुने सवारीसम्बन्धी सबै विवरण क्युआरबाट हेर्न मिल्ने भएपछि नोलो किताब साथमै लिएर हिँड्न नपर्ने भएको छ।
यातायात व्यवस्था कार्यालय साना ठुला सवारी एकान्तकुनाले हालसम्म दुई सय वटा चारपाङ्गग्रे सवारीको नोलो किताबलाई क्युआर कोडमा राखेको छ। कार्यालय प्रमुख कुँवरले भने, “ब्लुबुकको सबै विवरण क्युआर कोडमा राखिने भएकाले हार्डकपो लिइरहनु पर्दैन। अनलाइनबाटै यसको चेकजाँच हुन्छ।” नीलो किताबको क्युआर प्रणाली दुईपाङ्ग्रे सवारोको सन्दर्भमा बढो उपयोगों हुने उनको भनाइ छ।
मोटरसाइकलको ब्लुबुक हराउने, छुदने वा पानोमा भिज्ने समस्या भएकाले क्युआर भएपछि उक्त समस्यामुक्त भइने कार्यालयको दावी छ। ट्राफिक चेकजाँचमा मोबाइलबाट रिड गरिने छ। क्युआरका लागि अनलाइनबाट आफैँले आवेदन भर्न सकिने व्यवस्था छ। यसका लागि अनलाइन भिआरएस डट बागमती डट जिओभी डट एनपोमा लगइन गरी दिइएको निर्देशन अनुसार भर्न सकिने छ।
आजको गोरखापत्रबाट
प्रकाशित: २७ जेष्ठ २०८२, मंगलवार