माइक्रोसफ्ट र आसुसले विन्डोज ११ द्वारा सञ्चालित नयाँ पोर्टेबल गेमिङ कन्सोल ‘रोग एक्सबक्स एली’ प्रस्तुत

Technology Khabar २७ जेष्ठ २०८२, मंगलवार

माइक्रोसफ्ट र आसुसले विन्डोज ११ द्वारा सञ्चालित नयाँ पोर्टेबल गेमिङ कन्सोल ‘रोग एक्सबक्स एली’ प्रस्तुत

काठमाडौं ।

माइक्रोसफ्ट र आसुसले आधिकारिक रूपमा आरओजी एक्सबक्स एली प्रस्तुत गरेका छन्। उक्त नयाँ पोर्टेबल गेमिङ कन्सोलले विन्डोज ११ को अनुकूलित संस्करण चलाउने बताइएको छ जुन टच र गेमप्याड नियन्त्रणको लागि अनुकूलित भएको उल्लेख गरिएको छ।

कन्सोल बेस (आधार) एक्सबक्स एली मोडेल र अधिक शक्तिशाली एक्सबक्स एले एक्स मोडेल गरी दुई भेरियन्टहरूमा आउने जनाइएको छ।

बेस (आधार) मोडेल एएमडी राइजेन जेड२ ए प्रोसेसर, १६जीबी एलपीडीडीआर५एक्स र्याम र ५१२ जीबी एम.२ एसएसडीले सुसज्जित रहेको उल्लेख छ।

यस बेस (आधार) मोडेलले वाई–फाई ६ई र ब्लुटुथ ५.४ प्रविधिहरूलाई समर्थन गर्दछ भने यसमा दुई यूएसबी ३.२ जेन २ टाइप–सी पोर्टहरू, एउटा माइक्रोएसडी यूएचएस–II कार्ड रिडर र ३.५ मिमी अडियो पोर्ट उपलब्ध हुने बताइएको छ। साथै यसको ब्याट्रीको क्षमता ६० डब्ल्यूएच रहेको छ।

अर्कोतर्फ, एक्सबक्स एले एक्स मोडेलमा एकीकृत न्यूरल प्रोसेसरको साथ अझ उन्नत एएमडी राइजेन एआई जेड२ एक्सट्रीम प्रोसेसर, २४जीबी एलपीडीडीआर५एक्स र्याम र १ टीबी एम.२ एसएसडीले सुसज्जित रहेको छ। यसमा यूएसबी४ टाइप–सी पोर्ट, यूएसबी ३.२ जेन २ टाइप–सी पोर्टका साथै बेस (आधार) मोडेलको जस्तै कनेक्टिभिटी विकल्पहरू रहेका छन्। साथै यसको ब्याट्रीको क्षमता ८० डब्ल्यूएचको भएको उल्लेख गरिएको छ।

दुवै मोडेलहरूमा १०८०पिक्सेल रिजोल्युसन भएको ७ इन्चको आईपीएस डिस्प्ले रहेको छ जसले ५०० निट्स ब्राइटनेस, १२० हर्ज रिफ्रेस रेट र एएमडी फ्रिसिङ्क प्रिमियम प्रविधिलाई समर्थन गर्दछ। साथै उक्त स्क्रिन कोर्निङ गोरिल्ला ग्लास भिक्टस+ द्वारा सुरक्षित गरिएको छ।

माइक्रोसफ्टले पोर्टेबल गेमिङको लागि विन्डोज ११ लाई अप्टिमाइज गरेको छ भने पर्फमेन्सलाई असर गर्ने प्रोसेसहरू र इलिमेण्टहरू हटाएको छ र स्टीमका साथै एपिक गेम्स जस्ता विभिन्न प्लेटफर्महरूबाट गेम लाइब्रेरीहरू एकीकृत गर्न एक्सबक्स एपलाई सुधार गरेको छ।

त्यसैगरी कन्सोलहरू सन् २०२५ को क्रिसमस अघि बजारमा आउने अपेक्षा गरिएको टेलिग्राफले गरेको रिपोर्ट छ।

Sajilo Visa

प्रकाशित: २७ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया