Technology Khabar २७ जेष्ठ २०८२, मंगलवार
काठमाडौं ।
ह्वावेको पुरा ८० सिरिज दुई दिनपछि सार्वजनिक हुँदैछ र कम्पनीले हालै सार्वजनिक गरेको टिजरले फेरि पनि क्यामरा क्षमतामा जोड दिएको छ। ह्वावेले अहिले लो-लाइट भिडियो प्रदर्शन र विशेष रूपमा सुधारिएको डाइनामिक रेन्जको प्रचार गरिरहेको छ।
टिजर अनुसार, पुरा ८० ले उज्यालो र अँध्यारोको विभिन्न स्तरका फोटोहरू उत्कृष्ट रूपमा कैद गर्न सक्नेछ। हल्लाहरूले ह्वावेले भिडियो रेकर्डिङका लागि नयाँ “भिभिड मोड” ल्याउने संकेत गरेका छन्, जसमा झनै स्पष्टता, रंगहरूको राम्रो अनुकूलन र बढ्दो स्याचुरेसन हुने जीएसएमएरिनाले उल्लेख गरेको छ छ।
हालैका चर्चाहरूअनुसार, पुरा ८० प्रो र अल्ट्रामा १-इन्च को मुख्य सेन्सर आउनेछ, जसमा भेरिएबल अपर्चर र आरवाईवाईबी कलर फिल्टर हुनेछ। मुख्य क्यामरासँगै १/१.३-इन्चको ५० मेगापिक्सेलको पेरिस्कोप सेन्सर र ५० मेगापिक्सेलको अल्ट्रावाइड लेन्स पनि हुने अपेक्षा गरिएको छ।
प्रकाशित: २७ जेष्ठ २०८२, मंगलवार