मेटा आरिया जेन २ रिसर्च ग्लासेसको प्रमुख अपग्रेडहरू सहित पूर्ण विवरण खुलासा

Technology Khabar २६ जेष्ठ २०८२, सोमबार

मेटा आरिया जेन २ रिसर्च ग्लासेसको प्रमुख अपग्रेडहरू सहित पूर्ण विवरण खुलासा

काठमाडौं ।

मेटाले सन् २०२० को मूल आरिया जेन १ को फलो–अप एरिया जेन २ रिसर्च ग्लासेसको पूर्ण विवरणहरूको बारेमा खुलासा गरेको छ।

नयाँ संस्करणले क्यामरा, सेन्सर्स, वेयरेबिलिट र अन–डिभाइस मेसिन प्रोसेसिङ्गमा प्रमुख सुधारहरू ल्याउने उल्लेख गरिएको छ। आरिया जेन २ विशेष गरी मेसिन पर्सेप्सन, रोबोटिक्स, र कन्टेक्स्चुअल एआईमा काम गर्ने अनुसन्धानकर्ताहरूको लागि डिजाइन गरिएको बताइएको छ।

डिजाइन र फिटः
आरिया जेन २ को तौल ७४ देखि ७६ ग्राम रहेको छ र अब सजिलो स्टोरेजको लागि फोल्डिङ्ग आर्महरू समावेश गर्दछ। यो विभिन्न फेस सेप्स (अनुहार आकार) र हेड साइज (टाउको आकार) हरू गरी आठ आकार विकल्पहरूमा आउँदछ।

क्यामरा अपग्रेडहरूः
ग्लासेस अब चारवटा कम्प्युटर भिजन क्यामराहरू समावेह गरिएका छन्। जेन १ मा भने दुईवटा मात्र कम्प्युटर भिजन क्यामराहरू रहेको बताइएको छ। यसले १२० डेसिबल एचडीआर (जेन १ मा ७० डेसिबल को तुलनामा) भएको विश्वव्यापी शटर सेन्सर प्रयोग गर्दछन्, जसले उज्यालो र कम–प्रकाश अवस्थाहरूमा प्रदर्शन सुधार गर्दछ। साथै डेफ्थ पर्सेप्सन र थ्रीडी ट्र्याकिङ सुधार गर्न स्टेरियो ओभरल्याप ३५ डिग्रीबाट ८० डिग्रीमा बढाइएको छ।

सेन्सर एडिसनः
अल्ट्राभायोलेट पत्ता लगाउने क्यालिब्रेटेड एम्बियन्ट लाइट सेन्सर (एएलएस) ले एक्सपोजर नियन्त्रणमा सुधार गर्ने बताइएको छ। नोजप्याडमा निर्मित कन्ट्याक्ट (सम्पर्क) माइक्रोफोनले कोलाहलपूर्ण वातावरणमा स्पष्ट अडियो क्याप्चर गर्नेछ। नोजप्याडमा रहेको फोटोप्लेथिस्मोग्राफी (पीपीजी) सेन्सरले प्रयोगकर्ताको मुटुको दर अनुमान गर्ने उल्लेख गरिएको छ।

टाईम सिङ्कः
आरिया जेन २ मा डिभाइसहरू बीच सब–मिलिसेकेन्ड टाईम सिङ्कको लागि सबगीगाहर्ज रेडियो समावेश गरिएको छ जसले जेन १ मा प्रयोग गरिएको सफ्टवेयर–आधारित विधिलाई प्रतिस्थापन गर्दछ।

अन–डिभाइस मेसिन पर्सेप्सनः
कस्टम मेटा कोप्रोसेसरले सिधै डिभाइसमा मेसिन पर्सेप्सन एल्गोरिदमहरू रन गर्ने उल्लेख गरिएको छ। मुख्य सुविधाहरू यस प्रकार छन्ः

  • भिजुअल इनर्शियल ओडोमेट्री (भीआईओ)ः ६ डिग्रीमा मुभमेण्ट ट्र्याक गर्दछ
  • आई ट्र्याकिङः गेज (नजर), ब्लिङ्क (झिम्काइ), प्युपिल डायमिटर र थप कुराहरू निगरानी गर्दछ
  • ह्याण्ड ट्र्याकिङः पूर्ण थ्रीडी ह्याण्ड मुभमेण्ट (हात चाल) र संयुक्त स्थितिहरू ट्र्याक गर्दछ

उपलब्धताः
आरिया जेन २ को लागि आवेदनहरू यस वर्षको उत्तरार्धमा खुल्नेछ। हाल आरिया जेन १ किटहरू अझै उपलब्ध छन्। मेटाले यस जुनमा न्यासभिलमा सीभीपीआर २०२५ मा आरिया जेन २ को प्रदर्शन गर्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २६ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया