एप्पलले वाचओएस २६ मा थर्ड–पार्टि कन्ट्रोल सेन्टर विजेटहरू ल्याउने

Technology Khabar २५ जेष्ठ २०८२, आईतवार

एप्पलले वाचओएस २६ मा थर्ड–पार्टि कन्ट्रोल सेन्टर विजेटहरू ल्याउने

काठमाडौं ।

एप्पलले अर्को हप्ता आफ्नो वार्षिक वर्ल्र्ड वाईड डेभलपर्स कन्फरेन्स (डब्ल्यूडब्ल्यूडीसी) आयोजना गर्दैछ। उक्त कार्यक्रममा कम्पनीको नवीनतम अपरेटिङ सिस्टमहरूमा प्रमुख भिजुअल ओभरहाल र नयाँ नामकरण योजना देख्ने अपेक्षा गरिएको छ।

९टु५म्याक को नयाँ रिपोर्ट अनुसार, वाचओएस २६ ले कन्ट्रोल सेन्टर (नियन्त्रण केन्द्र)मा थर्ड–पार्टि (तेस्रो–पक्ष) विजेटहरू प्रदान गर्नेछ। यो एप्पल वाच प्रयोगकर्ताहरूको लागि लामो समयदेखिको अनुरोध भएको बताइएको छ। तिनीहरुले अहिलेसम्म एप्पलको पहिलो–पक्ष एपहरू र ड्रप–डाउन मेनुमा टगलहरूमा मात्र पहुँच प्राप्त गरेका छन्।

त्यसैगरी प्रयोगकर्ताहरूले आफ्नो आईफोनमा एप्पल वाच एप मार्फत आफ्नो स्मार्टवाचमा विजेट प्लेसमेन्टलाई पूर्ण रूपमा अनुकूलित गर्न पनि सक्षम हुनेछन् भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २५ जेष्ठ २०८२, आईतवार

तपाइको प्रतिक्रिया