राष्ट्रपति, प्रधानमन्त्री र न्यायाधीशहरुलगायतका निवासमा टीभी, फ्रिज किन्न २ करोड ८६ लाख बजेट

Technology Khabar २४ जेष्ठ २०८२, शनिबार

राष्ट्रपति, प्रधानमन्त्री र न्यायाधीशहरुलगायतका निवासमा टीभी, फ्रिज किन्न २ करोड ८६ लाख बजेट
सांकेतिक तस्बिर। बिङ एआईको सहायतामा तयार गरिएको।

काठमाडौं ।

सरकारले प्रधानमन्त्री, मन्त्री, न्यायाधीशहरुलगायतको निजी निवासमा टीभी फ्रिज, कम्प्युटर ल्यापटप, प्रिन्टरजस्ता उपकरण र मेशिनरीहरु राख्नका लागि बजेटमा छुट्टै व्यवस्था गरेको छ।

आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रममा उल्लेख भए अनुसार शहरी विकास मन्त्रालयले बजेट उपशीर्षक नम्बर ३४७०१०११२ अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय मातहत यस प्रकारका सामग्रीहरुका लागि करोड बजेट छुट्याएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मेशीनरी औजार, टीभी, फ्रिज, कम्प्युटर, प्रिन्टर, ल्यापटप, वाशिङ मेशिन, फोटोकपी मेशिन, गिजर, सीसी क्यामरा लगायतका सामान खरिदका लागि १ करोड ३७ लाख ९४ हजार रुपैयाँ छुट्याइएको छ।

यसैगरी राष्ट्रपति र उपराष्ट्रपतिको सरकारी निवासमा यस्तै प्रकारका मेशीनरी औजार लगायतका सामान खरिदका लागि ८२ लाख ८० हजार छुट्याएइएको छ।

प्रधान न्यायाधीश तथा मुख्य रजिष्ट्रार आवास पुल्चोकमा मेशीनरी औजार टीभी, फ्रिज, कम्प्युटर, प्रिन्टर, ल्यापटप, वाशिङ मेशिन, फोटोकपी मेशिन, गिजर, सीसी क्यामरा लगायतका सामान माग र आवश्यकता अनुसार खरिदका लागि २७ लाख ६६ हजार छुट्याइएको छ।

न्यायाधीश तथा मुख्य रजिष्ट्रार आवास पुल्चोकमा यसै प्रकारका मेशीनरी औजार आवश्यकता अनुसार खरिदका लागि ६४ लाख ४० हजार छुट्याइएको छ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सरकारी निवासमा मेशीनरी औजार, टीभी, फ्रिज, कम्प्युटर, प्रिन्टर, ल्यापटप, वाशिङ मेशिन, फोटोकपी मेशिन, गिजर, सीसी क्यामरा लगायतका सामान माग र आवश्यकता अनुसार खरिदका लागि ६ लाख रुपैयाँ छुट्याइएको छ।

यस्तै मन्त्री निवासमा मेशीनरी औजार टीभी, फ्रिज, कम्प्युटर, प्रिन्टर, ल्यापटप, वाशिङ मेशिन, फोटोकपी मेशिन, गिजर, सीसी क्यामरा लगायतका सामान माग र आवश्यकता अनुसार खरिदका लागि ४६ लाख रुपैया छुट्याइएको छ।

यसरी यी विशिष्ट व्यक्तिहरुको माग र आवश्यकता अनुसार यस प्रकारका मेशीनरी औजार टीभी, फ्रिज, कम्प्युटर, प्रिन्टर, ल्यापटप, वाशिङ मेशिन, फोटोकपी मेशिन, गिजर, सीसी क्यामरा लगायतका सामान माग र आवश्यकता अनुसार किन्नका लागि छुट्याइएको बजेट समग्रमा २ करोड ८६ लाख ६ हजार रुपैयाँ हुन पुगेको छ।

Sajilo Visa

प्रकाशित: २४ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार