Technology Khabar १८ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
मोटोरोलाले मोटो जी५६ फाइभजी लन्च गरेको छ। यो नयाँ बजेट फोनमा धेरै खर्च नगरी राम्रो प्रदर्शन र क्यामरा चाहने दैनिक प्रयोगकर्ताहरूका लागि ठोस विशिष्टताहरू प्याक गरिएको छ।
यो फोन एन्ड्रोइड १५ सहितको मिडियाटेकको डाइमेन्सिटी ७०६० चिपमा रन हुने जनाइएको छ। ८जीबी र्याम र २५६जीबी स्टोरेज उपलब्ध रहेको फोनमा माइक्रोएसडी कार्डको साथ २टीबी सम्मको स्टोरेज थप्न सकिने उल्लेख गरिएको छ। यस मोटो जी५६ फाइभजीले एक भौतिक स्लट र ईसिम सहितको डुअल सिम समर्थन गर्दछ भने माइक्रोएसडी कार्डको लागि छुट्टै स्लट उपलब्ध रहेको छ।
मोटो जी५६ फाइभजीको स्क्रिन १२० हर्ज रिफ्रेस रेटको साथ ६.७२ इन्चको फुल एचडी+ एलसीडी भएको बताइएको छ। यो एएमओएलईडी नभए पनि मोटोरोलाले यसलाई कोर्निङ गोरिल्ला ग्लास ७आई ले सुरक्षित गरेको उल्लेख छ। साथै स्क्रिनले फोनको अगाडिको भागको ८७ प्रतिशत ओगटेको छ।
मोटो जी५६ फाइभजीमा ५२००एमएएच सेल समावेश गरिएको र उक्त ब्याट्री ३० वाटमा चार्ज हुने जनाइएको छ। यो फोनको तौल २०० ग्राम रहेको छ भने पानी र धुलोको लागि आईपी६८ र आईपी६९ रेटिङहरू पनि प्राप्त गरेको छ।
फोनको क्यामराहरूमा, पीडीएएफ र क्वाड पिक्सेल प्रविधिको साथ सोनीको एलवाईटीआईए ६०० प्रयोग गर्ने ५० मेगापिक्सेल मुख्य सेन्सर समावेश गरिएको छ। साथै ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा पनि समावेश गरिएको बताइएको छ। त्यसैगरी सफ्टवेयर सुविधाहरूमा अटो नाइट भिजन, पोट्र्रेट मोड, प्रो मोड र ८ह डिजिटल जुम समावेश छन्। मोटोरोलाको एआई टुल्सहरूले तस्बिरहरू सुधार गर्न मद्दत गर्ने थप उल्लेख गरिएको छ।
यस बाहेक फोनको अडियोतर्फ, डोल्बी एटमस स्टेरियो स्पिकरहरू र ३.५एमएम हेडफोन ज्याक समावेश गरिएको छ। अन्य सुविधाहरूमा गुगल एसिस्टेण्ट, थिङ्कशिल्ड सेक्योरिटी, वाई–फाई ६, ब्लुटुथ र केही क्षेत्रहरूमा एनएफसी समर्थन उपलब्ध हुने बताइएको छ।
मूल्य निर्धारण र उपलब्धताः
मोटो जी५६ फाइभजीको मूल्य बेलायतमा १९९.९९ पाउण्ड र युरोपमा २५० यूरो कायम गरिएको छ। साथै मोटो जी५६ फाइभजी ८जीबी र्याम र २५६जीबी स्टोरेज भएको एउटा मात्र संस्करणमा उपलब्ध हुने जनाइएको छ। मोटोरोलाले अन्य देशहरूमा मोटो जी५६ फाइभजी कहिले लन्च हुन्छ भनेर नबताएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १८ जेष्ठ २०८२, आईतवार