Technology Khabar १० जेष्ठ २०८२, शनिबार
काठमाडौं ।
कम्प्युटेक्स २०२५ कार्यक्रममा धेरै इनोभेटिभ तथा नयाँ डिभाइसहरू लन्च गरिएका छन्। यस वर्षको सबैभन्दा उत्कृष्ट घोषणाहरू मध्ये ल्यापटपहरू पनि एक भएको बताइएको छ। कार्यक्रममा बोल्ड डिजाइनहरू, एक्सपेरिमेण्टल (प्रयोगात्मक) फर्म फ्याक्टर्स (कारकहरू) र प्रभावशाली (फिचर्स) सुविधाहरूका साथ विभिन्न ब्राण्डका ल्यापटपहरू प्रदर्शन गरिएको बताइएको छ। साथै यी ल्यापटपहरूले पोर्टेबल कम्प्युटिङको सीमाहरूलाई धकेलेको उल्लेख गरिएको छ। प्रमुख प्राविधिक कार्यक्रमको समयमा प्रदर्शन गरिएका केही सबैभन्दा अनौठा ल्यापटपहरूको मोडेलहरूको बारेमा गीज्मोचाइनाले तयार पारेको रिपोर्टः
ह्वावे मेटबुक फोल्ड अल्टिमेट डिजाइनः
ह्वावेले आफ्नो पछिल्लो फोल्डेबल नोटबुकको रुपमा नयाँ मेटबुक फोल्ड अल्टिमेट डिजाइन ल्याएको छ। यसमा रहेको १८ इन्चको एलटीपीओ ओएलईडी डिस्प्लेले ३.३के रिजोल्युसन र ४ः३ आसपेक्ट रेसियोको साथमा फोल्ड गर्दा १३ इन्चको ल्यापटपसँग मिल्ने कम्प्याक्ट फर्म प्रदान गर्दछ। यो मोडेल पातलो र हल्का नोटबुक भएको बताइएको छ जसको थिकनेस (मोटाइ) केवल ७.३ एमएम र तौल १.१६ किलोग्राम रहेको छ।
मेटबुक फोल्ड अल्टिमेट डिजाइन लेदर फिनिश भएको प्रिमियम मोडेल हो। यो ल्यापटपमा २८५ मिमी मापन गर्ने सबैभन्दा ठूलो फोल्डिङ हिञ्ज समावेश गरिएको ह्वावेले दावी गरेको छ। त्यसका साथै यो हार्मोनीओएस संचालित ल्यापटपहरू मध्ये पहिलो भएको र यसले अन्य हार्मोनीओएस डिभाइसहरूसँग सिमलेस इकोसिस्टम डेलिभर (प्रदान) गर्ने वाचा गरेको छ।
रेजर ब्लेड १४ः
मेटबुक फोल्ड अल्टिमेट डिजाइनको विपरित रेजर ब्लेड १४ को डिजाइन परम्परागत रहेको छ। यद्यपि, यसको बिल्ड (निर्माण पक्ष) अझै पनि सबैभन्दा उल्लेखनीय पक्षहरू मध्ये एक भएको उल्लेख गरिएको छ। कम्प्याक्ट बिल्डमा पावरफु स्पेक्स (शक्तिशाली विशिष्टताहरू) प्रदान गर्नका लागि परिचित मानिने गरिएको रेजरको ब्लेड सिरिज अन्तर्गतको २०२५ ब्लेड १४ ले निराश नपार्ने बताइएको छ। यो यसको पातलो बिन्दुमा केवल १५.७ एमएम मापन गर्दछ भने १.६३ किलोग्राम तौल रहेको छ। यो बजारमा सबैभन्दा पातलो १४–इन्च गेमिङ ल्यापटप भएको उल्लेख गरिएको छ।
रेजर ब्लेड १४ मा २.८के रिजोल्युसन, १२०हर्ज रिफ्रेस रेट र १०० प्रतिशत डीसीआई पी३ कलर ग्यामटसहितको १४–इन्च ओएलईडी डिस्प्ले समावेश गरिएको छ। त्यसका साथै यसमा एएमडी राइजेन एआई ९ ३६५ सीपीयू र एनभिडिया जिफोर्स आरटीएक्स ५०७० जीपीयू प्याक गरिएको छ। सीपीयूले ५० टीओपीएस सम्म एआई र्फमेन्स पनि प्रदान गर्दछ भने ६४जीबी सम्मको र्यामसँग पेयर्ड (जोड्न) सकिने बताइएको छ। एनभिडियाको पछिल्लो ग्राफिक्स कार्डहरू मध्ये एक आरटीएक्स ५०७० लाई विचार गर्दा, यो यति स्लिम बडि (पातलो शरीर) मा एक अद्भुत मेसिन भएको उल्लेख गरिएको छ।
लेनोभो योगा बुक ९आई (२०२५):
लेनोभोले टेक एक्स्पोमा लेनोभोको योगा बुक ९आई अर्को पुस्ताको डुअल–डिस्प्ले ल्यापटप अनावरण गरेको छ। २०२५ एडिसनले १२० हर्ज भेरिएबल रिफ्रेस रेट समर्थनको साथ १४–इन्चको डुअल ओएलईडी स्क्रिनहरूसहितको अपग्रेडहरू ल्याएको उल्लेख छ। यसलाई ३६० डिग्री हिञ्ज, वाइड कलर कभरेज र अन्य थपसँग संयोजन गर्दै लेनोभो योगा बुक ९आई (२०२५) लाई उत्कृष्ट कन्टेण्ट क्रियसन ल्यापटपहरू मध्ये एकको रूपमा प्रस्तुत गरिएको छ। त्यस बाहेक यो इन्टेल कोर अल्ट्रा ७ २५५एच द्वारा संचालित हुने बताइएको छ जसले पर्याप्त हर्सपावर र एआई क्षमताहरू प्याक गर्दछ।
एमएसआई प्रेस्टीज १३ एआई+ उकियो–ई एडिशन र प्रेस्टीज १६ एआई+ मर्सिडीज–एएमजी मोटरस्पोर्टः
कम्प्युटेक्स २०२५ कार्यक्रमको क्रममा, एमएसआईले धेरै नयाँ उत्पादनहरूको घोषणा गरेको र त्यसमध्ये एमएसआई क्लअ ए८ (गेमिङ ह्यान्डहेल्ड) एक हाइलाइट भएको उल्लेख गरिएको छ। त्यसैगरी ल्यापटप लाइनअपमा पनि केही उल्लेखनीय घोषणाहरू गरिएको र जस अन्तर्गत पछिल्ला सहकार्यहरू सबैभन्दा उत्कृष्ट भएको बताइएको छ। ल्यापटप लाइनअपमा पहिलो सहकार्य प्रेस्टीज १३ एआई+ उकियो–ई एडिशन भएको बताइएको छ जसको टप लिड (माथिल्लो ढक्कन) मा होकुसाईको “द ग्रेट वेभ अफ कानागावा” फिचर गरिएको छ। साथै डिभाइसले आधुनिक कम्प्युटिङसँग क्लासिकल आर्ट (कला) को मिश्रणको लागि कम्प्युटेक्स बेस्ट च्वाइस अवार्ड पनि प्राप्त गरेको उल्लेख गरिएको छ।
दोस्रो सहकार्य रेसिङ ब्रान्डसँगको रहेको छ जुन स्टेल्थ ए१६ एआई+ मर्सिडीज–एएमडी मोटरस्पोर्ट भएको उल्लेख गरिएको छ। यसको टप लिडमा एमएसआई लोगोको साथ प्रतिष्ठित मर्सिडीज एएमजी ब्रान्डिङ लोगो रहेको बताइएको छ। दुबै मोडेलहरूमा इन्टेल कोर अल्ट्रा ९ २८८भी र एएमडी राइजेन एआई ९ एचएक्स ३७० प्रोसेसरहरू जस्ता अत्याधुनिक विशिष्टताहरू प्याक गरिएका छन्। त्यसैगरी प्रेस्टिज १३ पातलो र हलुका मोडेल भएको बताइएको छ भने, स्टेल्थ १६ आरटीएक्स ५०७० जीपीयू सम्म भएको शक्तिशाली ल्यापटप भएको उल्लेख गरिएको छ।
प्रकाशित: १० जेष्ठ २०८२, शनिबार