Technology Khabar ४ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
क्वालकमले सन् २०२३ को स्न्यापड्रागन ७ जेन ३ को प्रत्यक्ष उत्तराधिकारीको रूपमा आफ्नो स्न्यापड्रागन ७ जेन ४ (एसएम७७५०–एबी) चिपसेट घोषणा गरेको छ। अपेक्षा गरे जस्तै, नयाँ ४एनएम चिपले आफ्नो दुई वर्ष पुरानो पूर्ववर्ती भन्दा उल्लेखनीय पर्फमेन्स गेन (प्रदर्शन लाभ) प्रदान गर्ने र यसमा फास्टर (छिटो) सीपीयू, जीपीयू र एनपीयू समावेश गरिएको उल्लेख छ।
स्न्यापड्रागन ७ जेन ४ मा १+४+३ कन्फिगरेसनको साथ अपडेट गरिएको क्रियो सीपीयू रहेको छ। त्यहाँ २.८गिगाहर्जमा १ह प्राइम कोर, २.४गिगाहर्जमा ४ह पर्फमेन्स कोर र १.८गिगाहर्जमा ३ह इफिसियन्सी कोर रहेका छन्। त्यसैगरी क्वालकमले एसडी ७ जेन ३ भन्दा नयाँ चिपमा २७ प्रतिशत छिटो सीपीयू पर्फमेन्स (प्रदर्शन)को दाबी गरेको छ।
एड्रेनो जीपीयूले अघिल्लो जेन चिपको तुलनामा ३० प्रतिशत बुस्ट (वृद्धि) प्राप्त गरेको उल्लेख गरिएको छ। त्यसका साथै क्वालकमले यसको एडाप्टिभ पर्फमेन्स इन्जिन ४.० सहित चयन गरिएका स्न्यापड्रागन एलिट गेमिङ सुविधाहरू पनि ल्याएको बताइएको छ। जीपीयूले एचडीआर१०, एचडीआर१०+, एचडीआर भिभिड र एचएलजी कोडेकहरूलाई पनि समर्थन गर्दछ।
स्न्यापड्रागन ७ जेन ४ भित्र रहेको अपडेट गरिएको हेक्सागन एनपीयूले एआई टास्क (कार्यहरू) मा ६५ प्रतिशत बुस्ट (वृद्धि) प्रदान गर्नुका साथै स्थानीय रूपमा स्टेबल डिफ्युजन १.५ चलाउने क्षमता प्रदान गर्ने बताइएको छ।
चिपले एलपीडीडीआर५ र्याम र यूएफएस ४.० स्टोरेज समर्थन गर्दछ। एसडी ७ जेन ४ ले २०० मेगापिक्सेलसम्मको स्टिल इमेजेज र १०–बिट फोटोहरूको लागि समर्थनको साथ ट्रिपल १२–बिट स्पेक्ट्रा आईएसपी प्राप्त गरेको उल्लेख छ। त्यसैगरी भिडियो रेकर्डिङ ४के ३०एफपीएससम्मको भएको उल्लेख गरिएको छ।
कनेक्टिभिटी तर्फ, सब–६ गिगाहर्ज फाइभजी, वाई (फाई ७ र ब्लुटुथ ६.० समावेश गरिएका छन्। चिपले एप्टएक्स लसलेस, र एप्टएक्स एडाप्टिभ अडियो कोडेकहरू साथै क्वालकमको एक्सपानडेड पर्सनल एरिया नेटवर्क (एक्सपीएएन) लाई पनि समर्थन गर्दछ।
होनर, भिभो र रियलमीले आगामी महिनाहरूमा स्न्यापड्रागन ७ जेन ४ सहितको फोनहरू घोषणा गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ४ जेष्ठ २०८२, आईतवार