Technology Khabar ४ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
गत हप्ता “गल्तीले” प्रकाशित भएको ब्लग पोस्टले वास्तवमा अपरेटिङ सिस्टमको डिजाइन खुलासा गरेपछि गुगलले अब आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमको नयाँ लुक (रूप)को खुलासा गरेको छ।
कम्पनीले अब आधिकारिक रुपमा मटेरियल थ्री एक्सप्रेसिभ भनिने नयाँ डिजाइन ल्याङ्गवेज (भाषा) प्रस्तुत गरेको छ।
नयाँ डिजाइन कलरफुल (रंगीन) र कस्टमाइजेबल (अनुकूलन योग्य) मटेरियल यू द्वारा संचालित हुनेछ भने यो युवालाई अझ बढी लक्षित गर्दै सिप्रिङ्ग एनिमेसन, बोल्ड फन्ट, र ‘भाइब्रेण्ट’ कलर्स (जीवन्त रंगहरू) को साथ एन्ड्रोइड १२ सँग प्रस्तुत गरिएको थियो। नयाँ अपडेट यस महिनाको अन्त्यमा एन्ड्रोइड १६ बिटाको लागि उपलब्ध हुनेछ।
नयाँ डिजाइन विवरणहरूमा एन्ड्रोइड १६ को अघिल्लो बिटामा गुगलले प्रस्तुत गरेको लाइभ अपडेट सुविधाको लागि समर्थन समावेश गरिएको छ।
यो एप्पलको लाइभ एक्टिभिटिज सुविधाको एन्ड्रोइड संस्करण भएको बताइएको छ, जसले निरन्तर नोटिफिकेसन बारमा समय–संवेदनशील अपडेटहरू प्रदर्शन गर्नेछ।
एप्पलको विपरीत, एन्ड्रोइडले फुड डेलिभरी, नेभिगेसन, र राइड–सेयरिङ्ग एपहरूमा प्रयोग सीमित गर्नेछ।
नयाँ डिजाइन प्रस्तुत गर्दै, गुगलले यी नोटिफिकेसनहरू लक स्क्रिन, अलवेज–अन डिस्प्ले, स्क्रिनको टप (शीर्ष)मा रहेको स्टेटस बार र नोटिफिकेसन शेडमा कसरी देखा पर्नेछन् भनेर देखाएको छ। र यो सबै धेरै व्यावहारिक देखिएको उल्लेख गरिएको छ।
क्विक सेटिङ्गसले पनि अपग्रेड प्राप्त गर्ने बताइएको छ, जसले प्रयोगकर्ताहरूलाई टाइलहरूको साइज (आकार) र स्थिति परिवर्तन गर्न अनुमति दिनेछ, जुन आईओएसको जस्तै भएको उल्लेख गरिएको छ।
नयाँ, आकर्षक डिजाइन ल्याङ्गवेज (भाषा) अपग्रेडको केन्द्रबिन्दु भएको बताइएको छ। त्यसैगरी एप डिजाइनरहरूसँग नयाँ आइकन सेप्स (आकारहरू), टेक्स्ट स्टाइल (पाठ शैलीहरू), र कलर (रङ्ग) प्यालेटहरूमा एक्सेस (पहुँच) हुने उल्लेख गरिएको छ।
एनिमेसनहरू “स्पिरिट अफ सिप्रिङ्ग” ”वसन्तको भावा) मा डिजाइन गरिएका छन् भने ह्याप्टिक इफेक्ट (प्रभाव) हरूले प्रयोगकर्ताले नोटिफिकेसन छिटो मेटाउँदा कार्यहरूलाई जोड दिने बताइएको छ।
गुगलले यो केवल “रङ्गको ताजा कोट” मात्र होइन भनि जोड दिएको छ र नयाँ डिजाइन तत्वहरूले प्रयोगकर्ताहरूको ध्यान राम्रोसँग केन्द्रित गर्न मद्दत गर्नेछ।
कन्सेप्चुअल इमेजहरूमा पाइने ब्राइट पर्पल (चम्किलो बैजनी) र पिङ्क ह्यूज (गुलाबी रङ्गहरू) ले नयाँ डिजाइनलाई नयाँ प्रयोगकर्ताहरूका लागि अझ बढी आकर्षक बनाएको उल्लेख गरिएको छ।
अमेरिकामा किशोर–किशोरीहरू विशेष गरी आईफोनहरू मन पराउने गरेको र गुगलले नयाँ एन्ड्रोइड डिजाइनले युवा प्रयोगकर्ताहरूलाई आकर्षित गर्नेछ भन्ने आपेक्षा गरेको छ।
यसको अघिल्लो पोस्टमा, गुगलले १८ देखि २४ वर्ष उमेरका ८७ प्रतिशत युवाहरूले कम्पनीले भर्खरै प्रस्तुत गरेको जस्तै एक्सप्रेसिभ डिजाइन मन पराएका छन् भनि उल्लेख गरेको थियो। गुगलले पछि उक्त पोस्ट हटाएको थियो।
यो आकर्षक भएपनि, किशोरकिशोरीहरूलाई एन्ड्रोइड प्रयोग गर्न लगाउन केवल नयाँ डिजाइन मात्र पर्याप्त नहुने केही मानिसहरूको सोच भएको टेलिग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ४ जेष्ठ २०८२, आईतवार