Technology Khabar ३१ बैशाख २०८२, बुधबार
काठमाडौं ।
इम्बोस्ड नम्बर प्लेट जडानको कार्य निकै सुस्त भएको र प्रभावकारी कार्यान्वयन नभएको महालेखा परीक्षकको बासठ्ठिऔं प्रतिवेदनले ठहर गरेको छ।
आज सार्वजनिक भएको प्रतिवेदनअनुसार, ६३ हजार २८९ थान इम्बोस्ड नम्बर प्लेट मात्र जडान भएको देखाएको छ।
“यातायात व्यवस्था विभागले २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न एक सेवा प्रदायकसँग सम्झौता भई यस वर्षसम्म ५ लाख ९२ हजार ८०९ थान नम्बर प्लेट छपाइ भई रु.९२ करोड ६२ लाख ५९ हजार खर्च भएकोमा प्रदेश सरकार मातहतका यातायात कार्यालयबाट ६३ हजार २८९ थान जडान भएको छ,” प्रतिवेदनमा लेखिएको छ।
विभागले २०७८/७/२२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नयाँ सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको र २०७९ कात्तिक २८ गतेदेखि सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेतापनि सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको देखिएको उल्लेख छ।
प्रकाशित: ३१ बैशाख २०८२, बुधबार