Technology Khabar २८ बैशाख २०८२, आईतवार
काठमाडौं ।
कर्णाली प्रदेशको जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका १० मा नेपाल टेलिकमले टूजी र फोरजी सेवा २०८२ वैशाख २५ गतेबाट सञ्चालनमा ल्याएको छ।
टूजी र फोरजी सेवा सञ्चालनमा आएपश्चात् जुनीचांदे गाउँपालिकाका विभिन्न वडाहरु वडा नं. ७,८,९,१० र ११ अन्तर्गत पर्ने गाउँबस्ति आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरूले पहिलो पटक गुणस्तरीय टूजी र फोरजी सेवाबाट लाभान्वित भएका छन्।
नेपाल टेलिकमले दूर दराजका क्षेत्रहरुमा दूरसञ्चार सेवा पुराउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ।
प्रकाशित: २८ बैशाख २०८२, आईतवार