मानिसले जस्तै स्पर्श महसुस गर्न सक्ने अमेजनको ‘भल्कन’ रोबोट

Technology Khabar २८ बैशाख २०८२, आईतवार

मानिसले जस्तै स्पर्श महसुस गर्न सक्ने अमेजनको ‘भल्कन’ रोबोट

काठमाडौं ।

अमेजनले स्पर्शको अनुभूति भएको नयाँ वेयरहाउस रोबोट विकास गरेको छ। मानिस सरह स्पर्श महसुस गर्ने भएकोले उक्त रोबोटले पहिले मानिसहरूले मात्र गर्न सक्ने कामहरू पनि गर्न सक्ने उल्लेख छ।

भल्कन नामक रोबोटले दिनको २० घण्टा काम गर्न सक्ने अमेजन रोबोटिक्स टोलीका नेता आरोन पार्नेसले बताएका छन्।

अमेजनका गोदामहरूमा मानिसहरूलाई प्रतिस्थापन गर्नुको सट्टा, भल्कन रोबोटले रोबोट मर्मतसम्भार, सञ्चालन, स्थापना र निर्माण सम्बन्धि नयाँ र उच्च कुशल रोजगारहरू सिर्जना गर्ने पार्नेसलाई उदृत गर्दै सीएनबीसीले रिपोर्ट गरेको छ।

अमेजनले भविष्यमा गोदामहरूलाई पूर्ण रूपमा स्वचालित नबनाईने उनले भनेका छन्।

“अहँ, होइन, त्यो कहिल्यै पनि हुनेछैन। म १०० प्रतिशत स्वचालनमा विश्वास गर्दिन। यदि हामीले भल्कनलाई १०० प्रतिशत लोडिङ र अनलोडिङ गर्न लगाउनु पर्यो भने, त्यसको लागि निकै समय लाग्नेछ र अमेजनले त्यो बुझ्छ” पार्नेसले भने।

कन्टेनरहरूको माथिल्लो पङ्क्तिहरूमा सम्पूर्ण भण्डारण गर्ने जिम्मा भल्कन रोबोटको भएको उनले बताए। मानिसहरूलाई कन्टेनरहरूको माथिल्लो पङ्क्तिहरूमा पुग्न गाह्रो हुने भएकोले कामदारहरूलाई मध्यम–उचाइको र्याकहरू तथाकथित ‘फोर्स जोन’मा भण्डारण गर्न सीमित गरिएको र त्यसो गर्नाले कामदारहरूलाई चोटपटकको सम्भावना कम गर्न सकिने उनले बताएका छन्।

अमेजनले लामो समयदेखि अन्य गोदामहरूको तुलनामा धेरै चोटपटकको दरको सामना गरिरहेको उल्लेख गरिएको छ। यद्यपि कम्पनीले यी दरहरूमा उल्लेखनीय सुधार भएको दाबी गरेको छ।

भल्कनले मानव कामदारको जस्तै गतिमा काम गर्ने र ३.६ किलोग्रामसम्मको तौल भएका वस्तुहरू ह्यान्डल गर्न सक्ने अमेजनले बताएको छ।

साथै रोबोटले दुर्घटनाको जोखिम कम गर्न मानव कामदारहरूबाट अलग गरिएको बार पछाडि पनि काम गर्ने उल्लेख गरिएको छ।

अहिलेको लागि, भल्कन वाशिंगटनको स्पोकेनमा रहेको गोदाममा मात्र पूर्ण रूपमा सञ्चालनमा रहेको बताइएको छ। त्यसैगरी सूचीबाट विशिष्ट वस्तुहरू लिन सक्ने भल्कनको अर्को संस्करण जर्मनीको ह्याम्बर्गमा परीक्षण भइरहेको उल्लेख छ।

Sajilo Visa

प्रकाशित: २८ बैशाख २०८२, आईतवार

तपाइको प्रतिक्रिया