Technology Khabar २६ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
डुओलिङ्गोले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को सहयोगमा विकसित १४८ नयाँ भाषा पाठ्यक्रमहरू प्रस्तुत गरेको घोषणा गरेको छ।
यस कदमसँगै, डुओलिङ्गोले उपलब्ध पाठ्यक्रमहरूको संख्या दोब्बर बनाएको छ भने कम्पनीले धेरै पार्ट–टाइम कर्मचारीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) ले प्रतिस्थापन गर्ने घोषणा गरेकोमा प्रयोगकर्ताहरूबाट आलोचनाको सामना गरिरहेको टेक क्रन्चलाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।
आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) र अटोनमस (स्वचालन) मा लगानी बिना यस्तो प्रगति सम्भव नभएको र जसले उच्च गतिका साथै उच्च गुणस्तरको मापदण्डसहितका सामग्री सिर्जना गर्न सक्षम बनाउने कम्पनीले घोषणा गरेको छ।
“हाम्रा पहिलो १०० पाठ्यक्रमहरू विकास गर्न लगभग १२ वर्ष लाग्यो, र अब, लगभग एक वर्षमा, हामीले लगभग १५० नयाँ पाठ्यक्रमहरू सिर्जना गर्न र लन्च गर्न सफल भएका छौं। यो उत्पादनशील कृत्रिम बुद्धिमत्ताले हाम्रा प्रयोगकर्ताहरूलाई प्रत्यक्ष रूपमा कसरी फाइदा पु¥याउन सक्छ भन्ने एक उत्कृष्ट उदाहरण हो” कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।
डुओलिङ्गो एक अमेरिकी शैक्षिक प्रविधि कम्पनी हो जसले लर्निङ्ग एपहरू विकास गर्दछ र ल्याङ्गवेज सर्टिफिकेसन प्रदान गर्दछ।
कम्पनीले ४३ भाषाहरूमा पाठ्यक्रमहरू प्रदान गर्दछ जसमा सबैभन्दा लोकप्रियहरू जस्तै अंग्रेजी, फ्रान्सेली र स्पेनिश भाषाहरू समावेश छन्।
प्रकाशित: २६ बैशाख २०८२, शुक्रबार