काभ्रेको पुरानो अस्पतालमा ‘एक सय अट्ठाइस स्लाइस सिटी स्क्यान मेसिन’ सेवा शुरु

Technology Khabar २५ बैशाख २०८२, बिहीबार

काभ्रेको पुरानो अस्पतालमा ‘एक सय अट्ठाइस स्लाइस सिटी स्क्यान मेसिन’ सेवा शुरु
सांकेतिक/फाइल तस्बिर

काठमाडौं ।

काभ्रेपलाञ्चोकको सबैभन्दा पुरानो शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालमा ‘सिटी स्क्यान मेसिन’बाट सेवा दिइने भएको छ। यसका लागि आज एक कार्यक्रमबीच अस्पताल स्थापनाको ६५ वर्षपछि १२८ स्लाइटको सिटी स्क्यान मेसिन राखिएको हो। बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादेले आज सिटी स्क्यान मेसिनको शुभारम्भ गरे।

उक्त मेसिन चार लाख ६० हजार अमेरिकी डलरमा खरिद गरी जडान गरिएको छ। जेनेरेटरसहित सिटी स्क्यान मेसिनको मूल्य नेपाली रु सात करोड ५० लाख खर्चिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा हेक्टर गायरसले जानकारी दिए।

रोटरी फाउन्डेसन, रोटरी क्लब अफ कुपन्डोल र रोटरी क्लब अफ काभ्रेपलाञ्चोकको विशेष समन्वय र सहयोगमा ग्लोबल ग्रान्ड फन्डमार्फत रोटरियन तथा विभिन्न क्लब, सङ्घसंस्था र व्यक्तिको सहयोगबाट मेसिन खरिद गरिएको उनले बताए। यसअघि रोटरीमार्फत उक्त अस्पतालमा डाइलासिस मेसिन उपलब्ध गराइएको थियो । अस्पताल १५० शय्या क्षमताको हो।

उक्त मेसिन सञ्चालनमा आवश्यक व्यवस्थापनका लागि अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीबाट अस्पताललाई एक महिनाको पारिश्रमिकसमेत उपलब्ध गराइएको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा गायरसले सिटी स्क्यान मेसिन बिरामीको उपचार सेवामा अस्पतालका लागि अत्यावश्यक तथा महत्वपूर्ण हुने र अब पैसा नहुने बिरामीलाई पनि सेवा प्रदान गरिने बताए। -रासस

Sajilo Visa

प्रकाशित: २५ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार