नेटफ्लिक्सले आईओएस प्रयोगकर्ताहरूका लागि एआई–सञ्चालित सर्च फिचर ल्याउने

Technology Khabar २५ बैशाख २०८२, बिहीबार

नेटफ्लिक्सले आईओएस प्रयोगकर्ताहरूका लागि एआई–सञ्चालित सर्च फिचर ल्याउने

काठमाडौं ।

नेटफ्लिक्सले बुधबार आफ्नो टिभी एप इन्टरफेसलाई पुनः परिमार्जन गर्ने र आईओएस मोबाइल प्लेटफर्ममा जेनेरेटिभ एआई प्रस्तुत गर्ने योजनाको घोषणा गरेको छ। यसले प्रयोगकर्ताहरूलाई प्राकृतिक र दैनिक भाषा प्रयोग गरेर कन्टेन्ट (सामग्री) खोज्न अनुमति दिनेछ।

स्ट्रिमिङ जायन्टले बढ्दो अनिश्चितता र सम्भावित अमेरिकी मन्दीले उपभोक्ता खर्चलाई कम गर्ने चिन्ताको बीचमा आफ्नो बजार हिस्सा कायम राख्न र विस्तार गर्न खोज्दा यो अपडेटहरू आइपुगेका छन्।

नेटफ्लिक्सले आफ्नो टिभी एप होमपेजलाई पुनः डिजाइन गर्ने, ग्राहकहरूलाई थप अनुकूलित सिफारिसहरू प्रदान गर्ने र सजिलो पहुँचको लागि इन्टरफेसको टप (शीर्ष) मा सर्च र “माई लिस्ट” विकल्पहरू रिपोजिसन (पुनः स्थान) गर्ने योजना बनाइरहेको उल्लेख छ।

यसका साथै, नेटफ्लिक्सले आगामी हप्ताहरूमा आफ्नो मोबाइल एक्सपिरियन्समा अपग्रेडहरू रोल आउट गर्ने तयारी गरिरहेको छ जसमा कार्यक्रमहरू र चलचित्रहरूको क्लिपहरू प्रदर्शन गर्ने भर्टिकल (ठाडो) फिड परीक्षण गर्ने योजना रहेको छ र जसले प्रयोगकर्ताहरूलाई फूल भर्सन (पूर्ण संस्करण) हेर्नको लागि ट्याप गर्न अनुमति दिनेछ।

मोबाइल प्रयोगकर्ताहरूका लागि एआई–इन्फ्युज्ड सर्च अप्सन (खोज विकल्प) ले सदस्यहरूलाई “मलाई केहि रमाइलो र उत्साहजनक चाहियो” भन्ने जस्ता प्राकृतिक, कुराकानीका वाक्यांशहरू प्रयोग गरेर सामग्री खोज्न अनुमति दिने रायटर्सले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २५ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

गुगल म्यासेजले उपयोगी विकल्प ल्याउँदै

  • Technology Khabar
  • २ जेष्ठ २०८२, शुक्रबार