विश्वकै पहिलो सिलिकन-आधारित क्वान्टम कम्प्युटर: आकार यति सानो कि यसलाई साधारण विद्युत शकेटमा जोड्न सकिन्छ

Technology Khabar २५ बैशाख २०८२, बिहीबार

विश्वकै पहिलो सिलिकन-आधारित क्वान्टम कम्प्युटर: आकार यति सानो कि यसलाई साधारण विद्युत शकेटमा जोड्न सकिन्छ

काठमाडौं ।

एउटा स्टार्टअपले विश्वमै पहिलो पटक क्वान्टम कम्प्युटिङको सम्भावनालाई परम्परागत उच्च-दक्षता कम्प्युटिङ (एचपीसी) सँग संयोजन गरेर बनाइएको उपकरण सार्वजनिक गरेको छ।

Equal1 इक्वेल१ का प्रतिनिधिहरूले मार्च १६ मा Bell-1 नामक नयाँ सिक्स-क्युविट मेसिन सार्वजनिक गरेका छन्, जुन डाटा सेन्टरहरूजस्ता विद्यमान एचपीसी वातावरणमा सहज रूपमा फिट हुन सक्ने खालको भएको कम्पनीले दिएको विज्ञप्तिमा उल्लेख छ।

यो मेसिनको तौल झन्डै २०० किलोग्राम (४४० पाउन्ड) भए पनि र्याक-माउन्ट गर्न मिल्ने खालको छ — जसको अर्थ, डाटा सेन्टरमा राखिने भौतिक र्याकमा जडान गर्न सकिन्छ — र यसको आकार हाल प्रयोगमा रहेका जीपीयू सर्भरहरू जस्तै छ।

अन्य क्वान्टम कम्प्युटरहरूभन्दा फरक गरी, Bell-1 लाई स्थापना गर्न कुनै विशेष पूर्वाधार आवश्यक पर्दैन, र योलाई शून्यको नजिक तापक्रममा चिस्याउन थप उपकरण आवश्यक हुँदैन।

स्पेस डटकमका अनुसार त्यसको कारण, यसमा आफ्नै बन्द चक्र क्रायो कूलिङ युनिट छ, जसले प्रणालीलाई ०.३ केल्भिन (माइनस ४५९.१३ डिग्री फारेनहाइट वा माइनस २७२.८५ डिग्री सेल्सियस) तापक्रममा सञ्चालन गर्न सक्षम बनाउँछ।

यस मेसिनमा नवीनतम सेमिकन्डक्टर निर्माण प्रविधिहरूको प्रयोग गरिएको छ र परिष्कृत सिलिकन प्रयोग गरिएको छ, जसले उच्च नियन्त्रण स्तर र लामो कोहेरेन्स टाइम (क्वान्टम एल्गोरिदम र गणनाका लागि आवश्यक क्युविटको बहु-राज्य अस्तित्व समय) सुनिश्चित गर्छ।

Bell-1 का क्युबिटहरू सिलिकन-आधारित भएकाले परम्परागत क्युबिटहरूभन्दा साना छन्, र मेसिनको मुख्य चिपमा क्वान्टम प्रोसेसर युनिट (क्यूपीयू), सानो आकार र दक्षताको लागि चिनिने आर्म सीपीयू र मेसिन लर्निङ तथा कृत्रिम बुद्धिमत्ता (एआई) तीव्र बनाउने न्युरल प्रोसेसिङ युनिट (एनपीयू) समावेश छन्।

यी सबै तत्त्वहरू एउटै चिपमा राखिएकाले पारम्परिक र क्वान्टम कम्प्युटिङ तत्वहरूबीच हुने जटिल समन्वयको आवश्यकता हटाउँछ। र्याकमा ठाउँ मात्र भए पुग्छ, सामान्य बिजुली सॉकेटमा प्लग गर्नासाथ मेसिन तयार हुने इक्वेल१ ले जनाएको छ।

युनिटीक्यू ६-क्युबिट क्वान्टम प्रोसेसिङ सिस्टम नामक चिपले अन्य प्लेटफर्मले प्रयोग गर्ने ट्र्याप्ड-आयन वा सुपरकन्डक्टिङ क्युविटको सट्टा स्पिन क्युबिट प्रयोग गर्छ। सिलिकन-आधारित स्पिन क्युविटहरू साना हुने भएकाले उच्च क्युविट घनत्व सम्भव छ, र विद्यमान सेमिकन्डक्टर निर्माण प्रविधिको प्रयोग गर्न सकिने भएकाले थप स्केलेबिलिटीको सम्भावना बढ्छ।

Bell-1 मा प्रयोग गरिएको चिपमा त्रुटि सुधार, नियन्त्रण, र पठन प्रणाली समेत समावेश छ, र यसले विद्यमान सेमिकन्डक्टर पूर्वाधारको प्रयोग गरेर भरपर्दो र स्केलेबल प्रणाली प्रदान गर्छ।

पहिलो पुस्ताको यो चिपमा ६ वटा मात्र ६ क्युबिट भए पनि कम्पनीले आगामी दिनमा बढी क्युबिट भएको शक्तिशाली संस्करण बनाउने लक्ष्य राखेको छ। Bell-1 लाई भविष्यसँग मेल खाने किसिमले बनाइएको छ, जसमा प्रयोगकर्ताले नयाँ मोडेलहरू आउँदा विद्यमान प्रणालीलाई नै अपग्रेड गर्न सक्ने भएकाले नयाँ मेसिन किन्नु नपर्ने कम्पनीले जनाएको छ।

Bell-1 कम्पनीले सन् २०२४ को डिसेम्बरमा प्रकाशित गरेका नयाँ अनुसन्धानहरूमा आधारित छ, जसले सिलिकन क्युबिट एरे र क्वान्टम कन्ट्रोलर चिपहरूको प्रदर्शनमा नयाँ कीर्तिमान बनाएको थियो।

यसमा विश्वकै सबैभन्दा उच्च एकल-क्युबिट र दुई-क्युविट गेट विश्वसनीयता (कम त्रुटि) र गेट गति (छिटो सञ्चालन) समावेश छन्। यस प्लेटफर्ममा आर्मसँग सहकार्यमा विकास गरिएको, एआई-सञ्चालित विशेष त्रुटि सुधार प्रणालीको पनि प्रयोग गरिएको छ।

Sajilo Visa

प्रकाशित: २५ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया