Technology Khabar २५ बैशाख २०८२, बिहीबार
काठमाडौं ।
माइक्रोसफ्टले टु–इन–वान सर्फेस प्रो १२ र सर्फेस ल्यापटप १३ सहितको आफ्नो पछिल्लो सर्फेस डिभाइसहरूको घोषणा गरेको छ। दुबै ल्यापटपहरू क्वालकमको स्न्यापड्रागन एक्स प्लस चिप, बुट विन्डोज ११ र माइक्रोसफ्टको कोपाइलट+ पीसी सुइटले सुसज्जित छन्।
सर्फेस प्रो १२
सर्फेस प्रो १२ मा २,१९६ x १,४६४ पिक्सेल रिजोल्युसन र ९० हर्ज रिफ्रेस रेट भएको १२ इन्चको एलसीडी टचस्क्रिन समावेश गरिएको छ। सिग्नेचर सर्फेस ३ः२ आसपेक्ट रेसियो डिभाइसमा फेरि फिर्ता आएको छ भने बन्डल्ड सर्फेस स्लिम पेन मार्फत स्टाइलस इनपुट प्राप्त गरिने बताइएको छ जुन डिभाइसको पछाडि चुम्बकीय रूपमा टासिने र चार्ज हुने उल्लेख गरिएको छ। त्यसैगरी डिभाइसमा विन्डोज हेलो र १० मेगापिक्सेल रियर शूटरको साथ १०८०पिक्सेल फ्रन्ट–फेसिङ क्यामरा रहेको छ।
अघिल्लो सर्फेस टु–इन–वान डिभाइसहरू जस्तै, सर्फेस प्रो १२ मा एडजस्टेबल किकस्ट्यान्ड र डिट्याचेबल (छुट्याउन मिल्ने) किबोर्ड रहेको छ। माइक्रोसफ्टले अब स्लेट, भायोलेट र ओशन रङ्गहरूमा आफ्नो वैकल्पिक किबोर्ड एसेसरिज प्रदान गर्ने बताइएको छ।
सर्फेस प्रो १२ मा क्वालकमको स्न्यापड्रागन एक्स प्लस (८ कोर) को साथ १६जीबी एलपीडीडीआर५एक्स र्याम र २५६ वा ५१२जीबी स्टोरेज रहेको छ। डिभाइसमा कुलिङको लागि कुनै भेन्ट समावेश नगरिएको उल्लेख छ। यस ल्यापटपमा वाई–फाई ७ र ब्लुटुथ ५.४ कनेक्टिभिटी रहेको भए पनि यस पटक सेलुलर विकल्प उपलब्ध नभएको बताइएको छ।
सर्फेस प्रो १२ मा आल्मुनियम चेसिस रहेको छ भने यसको तौल केवल ६८६ ग्राम र मोटाई ७.८ मिमी रहेको छ। यसमा उपलब्ध २ वटा यूएसबी–सी पोर्टहरूले यूएसबी ३.२ र डीपी १.४ए प्रोटोकलहरूलाई समर्थन गर्दछ। माइक्रोसफ्टले म्यागनेटिक (चुम्बकीय) सर्फेस कनेक्ट चार्जिङ पोर्ट हटाएको उल्लेख गरिएको छ।
माइक्रोसफ्टले सर्फेस प्रो १२ को ब्याट्रीको वास्तविक क्षमताको बारेमा खुलासा नगरेको, तर यसले १२ घण्टासम्म वेब प्रयोग र १६ घण्टासम्म स्थानीय भिडियो प्लेब्याक प्रदान गर्न सक्ने दाबी गरिएको छ।
प्रि–अर्डरको लागि उपलब्ध सर्फेस प्रो १२ को २५६जीबी स्टोरेज संस्करणको लागि ८०० अमेरिकी डलर/९७९ यूरो/७९९ पाउन्डबाट मूल्य सुरु हुने बताइएको छ। सर्फेस प्रो १२ प्लेटिनम, भायोलेट र ओशन रङ्गहरूमा आउने बताइएको छ भने मे २० तारिखदेखि डेलिभरी गरिने तालिका रहेको छ।
सर्फेस ल्यापटप १३
सर्फेस ल्यापटप परिवारमा सबैभन्दा कम्प्याक्ट इ्रन्ट्रिको रूपमा नयाँ १३ इन्चको सर्फेस ल्यापटप स्लटहरूमा १३.८ इन्च र १५ इन्च मोडेलहरू उपलब्ध भएको बताइएको छ। यसमा १,९२० x १,२८० पिक्सेल रिजोल्युसन, ६०हर्ज रिफ्रेस रेट र ३ः२ आसपेक्ट रेसियो भएको १३ इन्चको एलसीडी टचस्क्रिन समावेश गरिएको छ। साथै डिभाइस विन्डोज हेलो सँग १०८०पिक्सेल वेबक्यामले सुसज्जित रहेको छ।
ल्यापटपमा एल्युमिनियम चेसिसका साथै तौल १.२२ किलोग्राम रहेको छ। यस ल्यापटपमा सर्फेस प्रो १२ मा जस्तै ८–कोर स्न्यापड्रागन एक्स प्लस चिप समावेश गरिएको छ जुन १६जीबी एलपीडीडीआर५एक्स र्याम र २५६ वा ५१२जीबी स्टोरेजसँग आउने बताइएको छ।
पोर्टहरूको सन्दर्भमा, ल्यापटपमा एक यूएसबी–ए (३.१), दुईवटा यूएसबी–सी (यूएसबी ४ र डिस्प्लेपोर्ट १.४ए) र हेडफोन ज्याक रहेका छन्। साथै डिभाइसमा वाई–फाई ७ र ब्लुटुथ ५.४ कनेक्टिभिटी पनि उपलब्ध भएको बताइएको छ।
सर्फेस प्रो १२ जस्तै सर्फेस ल्यापटप १३ को ब्याट्रीको वास्तविक क्षमताको बारेमा खुलासा नगरिएको तर डिभाइसले १६ घण्टा वेब प्रयोग र २३ घण्टासम्म स्थानीय भिडियो प्लेब्याक गर्न सक्ने माइक्रोसफ्टले दाबी गरेको छ।
सर्फेस ल्यापटप १३ ओशन, भायोलेट र प्लेटिनम, रङ्गहरूमा उपलब्ध हुने बताइएको छ। ल्यापटपको २५६जीबी संस्करणको लागि ९०० अमेरिकी डलर/१,०९९ यूरो/८९९ पाउन्डबाट मूल्यसुरु हुन्छ भने मे २० तारिखदेखि डेलिभरी हुने तालिका रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २५ बैशाख २०८२, बिहीबार