Technology Khabar २५ बैशाख २०८२, बिहीबार
काठमाडौं ।
युट्युब प्रिमियमले चुनिएका बजारहरूमा दुई जनाको लागि नयाँ, सस्तो सदस्यताको परीक्षण गरिरहेको छ।
यो विकल्प हाल भारत, फ्रान्स, साथै ताइवान र हङकङका ग्राहकहरूका लागि उपलब्ध छ। यो अन्य बजारहरूमा विस्तार हुन्छ कि हुँदैन भन्ने बारेमा भने अनिश्चितता रहेको टेलिग्राफले रिपोर्ट गरेका छ।
“हामी हाम्रा युट्युब प्रिमियम सदस्यहरूलाई थप फ्लेक्सिबिलिटी (लचिलोपन) र भ्यालू (मूल्य) प्रदान गर्ने नयाँ तरिकाहरू प्रयोग गर्दैछौं, जसमा दुई जनाको लागि प्रिमियम योजना प्रदान गर्ने समावेश रहेको छ र जसले दुई जनालाई छुट मूल्यमा सदस्यता साझा गर्न अनुमति दिन्छ” युट्युब प्रवक्ताले सीएनईटी लाई एक विज्ञप्तिमा भने।
भारतमा, यो नयाँ योजना २१९ भारतीय रुपैयाँ (वा २.६० अमेरिकी डलर) मूल्यमा उपलब्ध छ। साथै दुई जनाको लागि १४९ भारतीय रुपैयाँ (वा १.७७ अमेरिकी डलर) मूल्य पर्ने विशेष, सस्तो युट्युब म्युजिक अफर (योजना) पनि उपलब्ध भएको बताइएको छ।
यदि यो दुई–व्यक्ति क्याटगरी (वर्ग)को योजना अमेरिकामा पुग्यो भने, यो सम्भवतः भारतमा उपलब्ध गराइएको भन्दा धेरै महँगो हुनेछ भनि थप उल्लेख गरिएको छ।
युट्युब गुगलको व्यवसायको एक प्रमुख भाग हो। स्टेटिस्टाका अनुसार, स्ट्रिमिङ साइटले सन् २०२४ मा ४३६.१ बिलियन अमेरिकी डलर विज्ञापन राजस्व (आम्दानी) उत्पन्न गरेको उल्लेख छ। त्यो कुल राजस्वको १३.६६ प्रतिशत भएको बताइएको छ।
साथै, सोही समयमा दुई अर्ब भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताहरू भएको निःशुल्क विश्वव्यापी स्ट्रिमिङ साइट कायम राख्नु महँगो हुने उल्लेख गरिएको छ।
विज्ञापनहरूको अतिरिक्त, प्रिमियम साइटको राजस्व (आम्दानी) बढाउने एउटा तरिका भएको उल्लेख गरिएको छ। प्रिमियम सदस्यताले प्रयोगकर्ताहरूलाई विज्ञापन–रहित अनुभव, युट्युब म्युजिकमा पहुँच र भिडियो डाउनलोडहरूलाई अनुमति प्रदान गर्दछ।
हालै, गुगलले प्रिमियम सदस्यता बढाउने अन्य तरिकाहरू खोजिरहेको बताइएको छ, जसको लागत हाल व्यक्तिहरूको लागि प्रति महिना १४ अमेरिकी डलर र परिवारहरूको लागि २३ अमेरिकी डलर रहेको छ।
गत मार्चमा, युट्युब प्रिमियम लाइट सदस्यता थप गरिएको थियो, जसमा युट्युब म्युजिक समावेश छैन भने भिडियो डाउनलोडहरू पनि सीमित गर्नुका साथै स्क्रिन बन्द हुँदा ब्याकग्राउण्ड प्लेब्याकलाई रोक्ने बताइएको छ।
यद्यपि, प्रिमियम लाइटको व्यक्तिहरूको लागि प्रति महिना ८ अमेरिकी डलरको आकर्षक मूल्य रहेको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २५ बैशाख २०८२, बिहीबार