मानव विकास सुस्त भएको छ, तर कृत्रिम बुद्धिमत्ताले हामीलाई बचाउन सक्छः संयुक्त राष्ट्र संघ

Technology Khabar २५ बैशाख २०८२, बिहीबार

मानव विकास सुस्त भएको छ, तर कृत्रिम बुद्धिमत्ताले हामीलाई बचाउन सक्छः संयुक्त राष्ट्र संघ

काठमाडौं ।

संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) द्वारा प्रकाशित एक नयाँ रिपोर्टले मानव विकास स्थिर भइरहेको र विश्वव्यापी प्रगति पनि सुस्त हुनुका साथै असमानताको खाडल फराकिलो भइरहेको, तर कृत्रिम बुद्धिमत्ता (एआई) ले हामीलाई बचाउन सक्छ भनि उल्लेख गरेको छ।

सन् २०२५ को मानव विकास प्रतिवेदनले प्रगतिमा अप्रत्याशित रूपमा कमजोर वृद्धि भए पनि, सन् १९९० पछिको सबैभन्दा सानो वृद्धि पत्ता लगाएको उल्लेख गरेको छ।

“अ म्याटर अफ च्वाइसः पीपल एण्ड अप्च्र्युनिटी इन द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स” शीर्षकको प्रतिवेदनले ह्युम्यान डेभलपमेन्ट इण्डेक्स–एचडीआई (मानव विकास सूचकांक) को रूपमा चिनिने सूचकहरूको सेटमा विकास प्रगतिको विश्लेषण गरेको बताइएको छ जसमा स्वास्थ्य र शिक्षामा उपलब्धिहरूका साथै आय स्तरहरू समावेश छन्।

यो अध्ययनले विश्वभरका सबै क्षेत्रहरूमा एचडीआईमा स्थिर प्रगति फेला पारेको छ भने बढ्दो व्यापार तनाव, बढ्दो ऋण संकट र बढ्दो बेरोजगारी औद्योगीकरणले स्थितिलाई बिगार्ने जोखिम रहेको चेतावनी पनि दिएको युरोन्यूजलाई उद्धृत गर्दै टेलिग्राफले उल्लेख गरेको छ।

“दशकौंदेखि, हामी सन् २०३० सम्ममा धेरै उच्च विश्व मानव विकास हासिल गर्ने बाटोमा छौं, तर यो सुस्तताले विश्वव्यापी प्रगतिको लागि धेरै वास्तविक खतराको संकेत गर्दछ” यूएनडीपी प्रशासक अचिम स्टेनरले एक विज्ञप्तिमा भने।

“यदि सन् २०२४ को सुस्त प्रगति ‘न्यू नर्मल’ बन्छ भने, यो गति दशकौंसम्म जारी रहन सक्छ – जसले गर्दा हाम्रो संसार कम सुरक्षित, बढी विभाजित र आर्थिक र पारिस्थितिक झट्काको लागि बढी जोखिममा पर्नेछ” उनले थप उल्लेख गरे।

त्यसैगरी स्टाइनरले विकासलाई अगाडि बढाउने नयाँ तरिकाहरू अन्वेषण गरिनुपर्ने र जसमा एआई पनि समावेश रहेको बताएका छन्।

यूएनडीपीको एक सर्वेक्षणमा २१ देशका र ३६ भाषाहरूमा २१,००० भन्दा बढी व्यक्तिहरूबाट प्रतिक्रियाहरू सङ्कलन गरिएको बताइएको छ जसले विश्वको जनसंख्याको ६३ प्रतिशत प्रतिनिधित्व गर्ने उल्लेख गरिएको छ।

विश्वव्यापी उत्तरदाताहरूको आधा मानिसहरूले आफ्नो काम स्वचालित हुन सक्ने बताएका छन् भने तिनीहरूमध्ये ६० प्रतिशतले एआईले उनीहरूको रोजगारीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको र त्यसले आज अवस्थित नभएका कामहरूमा अवसरहरू सिर्जना गर्नेछ भनि सोचेको उल्लेख गरिएको छ। साथै ६४ प्रतिशत भने एआईले उनीहरूलाई राम्रोसँग काम गर्न र बढी उत्पादक हुन मद्दत गर्नेछ भनि विश्वस्त भएको बताइएको छ। त्यसैगरी उत्तरदाताहरूको केवल १३ प्रतिशतमा मात्र एआईले गर्दा रोजगारी गुमाउने डर भएको उल्लेख गरिएको छ।

समग्रमा, सर्वेक्षणले एआई प्रति सामान्य जनसंख्याको दृष्टिकोण आशावादी रहेको देखाएको र यसले समानताको खाडललाई कम गर्न सक्ने पत्ता लगाएको उल्लेख गरिएको छ।

एचडीआईमा कम र मध्यम स्थानमा रहेका देशहरूमा, ७० प्रतिशतले एआईले उनीहरूको उत्पादकता बढाउने अपेक्षा गरेको र दुई तिहाइले अर्को वर्ष भित्र शिक्षा, स्वास्थ्य वा काममा एआई प्रयोग गर्ने भविष्यवाणी गरिएको टेलीग्राफले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २५ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Seres accelerates global expansion with Seres 3 launch in Thailand

  • Technology Khabar
  • ९ जेष्ठ २०८२, शुक्रबार