सामसङले ट्राई–फोल्ड मोडेल बाहेक अर्को पुस्ताको फोल्डेबलको ठूलो उत्पादन सुरु गरेको अनुमान

Technology Khabar २५ बैशाख २०८२, बिहीबार

सामसङले ट्राई–फोल्ड मोडेल बाहेक अर्को पुस्ताको फोल्डेबलको ठूलो उत्पादन सुरु गरेको अनुमान

काठमाडौं ।

सामसङले फेब्रुअरीको मध्यदेखि आगामी ग्यालेक्सी जेड रिजका लागि केही कम्पोनेन्टहरू उत्पादन गरिरहेको लीकस्टर म्याक्स जाम्बोरले दाबी गरेका छन्। त्यसैगरी, अब वास्तविक फोनहरूको ठूलो उत्पादन पनि सुरु गरिएको बताइएको छ।

म्याक्सले रिपोर्ट गरे अनुसार बी७ डिस्प्लेको मापन १६१.५७ x ६९.९६ मिमी हुनेछ। “बी६” सामसङ ग्यालेक्सी जेड फ्लिप६ को नाम भए जस्तै “बी७” सामसङ ग्यालेक्सी जेड फ्लिप७ को लागि आन्तरिक नाम भएको बताइएको छ।

जेड फ्लिप६ को १७०.३ मिमीको विकर्ण भन्दा जेड फ्लिप७ को १७६ मिमीको विकर्ण (गोलाकार कुनाहरू बिना) अलि ठूलो भएको उल्लेख गरिएको छ। जेड फ्लिप७ मा ६.८५ इन्चको भित्री डिस्प्ले भएको रिपोर्ट गरिएको छ जुन यसको पूर्ववर्तीमा ६.७ इन्चको रहेको थियो। साथै जेड फ्लिप६ को कभर डिस्प्ले ३.४ इन्चको थियो भने जेड फ्लिप७ मा एउटा ठूलो ४ इन्चको कभर डिस्प्ले समावेश गरिने रिपोर्ट गरिएको छ।

त्यसैगरी सामसङको ट्रिपल फोल्डेबलको भने अझै पनि ठूलो मात्रामा उत्पादन सुरु नगरिएको म्याक्सले बताएका छन्।

सामसङले मार्चको अन्त्यदेखि यस डिभाइसको लागि कम्पोनेन्टहरू बनाउँदै आएको तर यसले अहिलेसम्म वास्तविक फोनहरू निर्माण गर्न सुरु नगरेको उल्लेख छ। ट्राई–फोल्ड डिभाइसलाई आन्तरिक रूपमा क्यू७एम भनेर चिनिने र खुद्रा बिक्रीमा पुग्दा यसले ग्यालेक्सी जी फोल्ड नाम अपनाउने अपेक्षा गरिएको छ।

सामसङ ट्राई–फोल्ड ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ सँगसँगै लन्च हुनेछ भन्ने अफवाहहरू पनि सुन्नमा आएका छन्। साथै उक्त डिभनइस केही देशहरूमा मात्र उपलब्ध हुने र सीमित संख्यामा युनिटहरू (२००,०००) मात्र निर्माण गरिने उल्लेख गरेको छन्।

अर्को शब्दमा, उत्पादनको प्रारम्भिक सुरुवात गर्न आवश्यक नभएको बताइएको छ। सन्दर्भको लागि, ग्यालेक्सी जेड फ्लिप एफई ९००,००० युनिट ढुवानी गर्ने अपेक्षा गरिएको छ र ग्यालेक्सी जेड फोल्ड७ ले ३० लाख युनिट ढुवानी गर्ने लक्ष्य राखेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २५ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार