सामाजिक सञ्जालमा पोशाकसहितको तस्बिर तथा भिडिओ राख्ने १ सय ६६ जना सशस्त्र प्रहरी कारवाहीमा

Technology Khabar २४ बैशाख २०८२, बुधबार

सामाजिक सञ्जालमा पोशाकसहितको तस्बिर तथा भिडिओ राख्ने १ सय ६६ जना सशस्त्र प्रहरी कारवाहीमा
सांकेतिक तस्बिर।

काठमाडौं ।

सशस्त्र प्रहरी बलको पोशाक लगाएर सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १ सय ६६ जना सशस्त्र प्रहरी कर्मचारीहरू कारबाहीमा परेका छन्।

सशस्त्र प्रहरी बल नेपालले २ वर्षको अवधिमा संगठनको नीति निर्देशन विपरित सामाजिक सञ्जालमा संगठनको पोशाक लगाई विभिन्न कृयाकलाप गरेको तस्बिर तथा भिडिओ अपलोड गरेको भन्दै कारबाही गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनकाअनुसार, कारबाहीमा पर्नेमा प्रहरी नायव निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्म रहेका छन्।

उनीहरूले व्यक्तिगत प्रोफाइलमार्फत सशस्त्र प्रहरीको पोशाक लगाका भिडिओ र तस्बिर फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालहरुमा अपलोड गरेका थिए।

कारबाही परेकाहरूमा सशस्त्र प्रहरी नायव निरीक्षक १२ जना, सहायक निरीक्षक ६ जना, वरिष्ठ हवल्दार ९ जना, हवल्दार ५ जना, सहायक हवल्दार १० जना, जवान १ सय २१ र परिचर ३ जना छन्।

उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गराइएको थापाले बताए। त्यसमध्ये १ सय १८ जनालाई नसिहत दिइएको छ।

त्यस्तै संगठनको बारेमा प्रकाशित भएका समाचारहरूमा नकारात्मक टीकाटिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत कारबाही गर्दै आएको जनाएको छ।

संगठनले सशस्त्र प्रहरी कर्मचारीहरूलाई नियमन गर्नको लागि प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमन सम्बन्धी शाखा स्थापना गरेको जानकारी दिएको छ।

Sajilo Visa

प्रकाशित: २४ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार