एप्पलले अब वर्षमा दुई पटक नयाँ आईफोन मोडेलहरू प्रस्तुत गर्ने

Technology Khabar २४ बैशाख २०८२, बुधबार

एप्पलले अब वर्षमा दुई पटक नयाँ आईफोन मोडेलहरू प्रस्तुत गर्ने

काठमाडौं ।

एप्पलको नयाँ आईफोन मोडेलहरू अब वर्षको फरक–फरक अवधिमा दुई चरणमा प्रस्तुत गरिने भएका छन्।

हरेक शरद ऋतुमा चारवटा नयाँ आईफोन मोडेलहरूको सट्टा भविष्यमा अब वसन्त र शरद गरी दुई ऋतुमा तीनवटा नयाँ आईफोनहरू छनौट गर्नुपर्ने हुन सक्छ भनि उल्लेख गरिएको छ।

एप्पलले आफ्नो स्मार्टफोन लन्च चक्र परिवर्तन गर्ने योजना बनाएको र सन् २०२६ मा आईफोन १८ मोडेलबाट उक्त योजनाको सुरु गर्ने सम्भावना रहेको बताइएको छ। साथै सुरुमा, सबैभन्दा महँगो मोडेलहरू प्रस्तुत गरिने टेलिग्राफले रिपोर्ट गरेको छ।

यसको अर्थ प्रो मोडेलहरू शरद ऋतुमा देखा पर्नेछन् भने मानक आईफोन मोडेलहरू वसन्त ऋतुका लागि धकेलिने उल्लेख गरिएको छ।

यो योजनाको साथ एप्पलको हालको फोन लन्च तालिकामा ठूलो परिवर्तन हुनेछ। त्यसैगरी क्युपर्टिनो कम्पनीले फोल्डेबल आईफोन जस्ता अन्य मोडेलहरूको लागि पनि ठाउँ बनाउँदै गरेको उल्लेख छ।

यदि यी रिपोर्टहरू सही साबित भएको खण्डमा, एप्पलले सन् २०२६ को शरद ऋतुमा आईफोन १८ प्रो, आईफोन १८ प्रो म्याक्स र सम्भवतः फोल्डेबल आईफोन लन्च गर्नेछ भने मानक आईफोन १८, आईफोन १८ स्लिम र आईफोन १८ई सन् २०२७ को वसन्तमा आइपुग्नेछन् भनि टेलीग्राफले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २४ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार