Technology Khabar २४ बैशाख २०८२, बुधबार
काठमाडौं ।
चन्द्रमाको सतहमा रहेको एउटा विशाल क्रेटरमा प्राचीन ज्वालामुखी महासागरका अवशेष र चन्द्रमाको आन्तरिक भाग (म्यान्टल) का मौलिक टुक्रा रहेका हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्।
वैज्ञानिकहरूको भनाइ अनुसार, आगामी आर्टेमिस मिसनमा सहभागी अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको म्यान्टलको नमुना पृथ्वीमा ल्याउन सक्ने सम्भावना छ, जसबाट चन्द्र बनावटको अन्तिम चरणबारे जानकारी प्राप्त हुन सक्छ।
करिब ४.३ अर्ब वर्षअघि, एउटा ठूलो वस्तु चन्द्रमाको सतहमा ठोक्किएको थियो, जसले सतहको भाग उखेल्दै दक्षिणी ध्रुवीय-ऐटकन बेसिन अर्थात् एसपीए बनायो। यस प्रभावबाट निस्किएको सामग्री अझै चन्द्र सतहमा फैलिएको छ, जसले क्रिस्टलीकरणको क्रममा रहेको म्यान्टल कस्तो थियो भन्ने झलक दिन्छ।
“दक्षिणी ध्रुवीय-ऐटकन प्रभावले एक पातलो, पछिल्लो चरणको ज्वालामुखी महासागरको भाग बाहिर ल्याएको थियो भन्ने हामीले प्रस्ताव गरेका छौं,” युनिभर्सिटी अफ एरिजोनाका ग्रह वैज्ञानिक जेफ एन्ड्रयूज-हन्नाले टेक्सासको वुडल्याण्ड्समा आयोजित वार्षिक लुनार एन्ड प्लानेटरी साइन्स सम्मेलनमा मार्च महिनामा भने। “आर्टेमिसले एसपीए प्रभाव क्षेत्र र सम्भावित ज्वालामुखी महासागरको सामग्रीको नमुना सङ्कलन गर्नेछ।”
स्पेस डटकमका अनुसार दक्षिणी ध्रुवीय-ऐटकन बेसिन अलिकति तन्किएको देखिन्छ, जसले सीधै ठोक्किएको भन्दा पनि छेउबाट भएको टक्कर संकेत गर्छ। यसको उत्तरी किनारमा बाक्लो क्रस्टको थुप्रो देखिन्छ, जसको आकार बेसिनबाट हराएको भागको आकारसँग मिल्दोजुल्दो छ। उत्तरतर्फ गइरहेको वस्तुले ठक्करका क्रममा सामग्रीलाई उत्तरतर्फ धकेलेको हुन सक्ने अनुमान गरिएको थियो।
तर एन्ड्रयूज-हन्ना र उनका सहकर्मीहरूले यो बेसिनलाई फरक तरिकाले अध्ययन गरे। उनीहरूले चन्द्रमाका अन्य आँसुजस्तै आकार भएका खाडलहरूसँग तुलना गर्दै यसको स्वरूपलाई अध्ययन गरे।
जब कुनै पिण्ड कोणमा चन्द्रमाको सतहमा ठोक्किन्छ, त्यसबाट बनेको बेसिन ठोक्किएको दिशामा तन्किएको हुन्छ। अन्य तन्किएका खाडलहरू वस्तु गइरहेको दिशामा साँघुरो देखिन्छन्। तर एसपीएको आकृति दक्षिणतर्फ साँघुरो छ, जसले वस्तु दक्षिणतर्फ गइरहेको थियो भन्ने निष्कर्षमा पुर्यायो।
“हामीसँग बेसिनको आकार नाप्न आवश्यक डाटा पहिल्यैदेखि थियो,” एन्ड्रयूज-हन्नाले भने। “तर यसलाई यसरी हेर्न फरक दृष्टिकोण चाहिएको थियो।”
क्रस्ट र म्यान्टलको छुट्टै बनावट
सौरमण्डल नयाँ रहँदा, मङ्गल ग्रहजस्तो आकारको एउटा वस्तु पृथ्वीमा ठोक्किएको थियो। ती दुई प्रोटोप्लानेटहरू फुटेर पुनः एकआपसमा मिसिँदै पृथ्वी र चन्द्रमा बनेका थिए, जसबाट केही समय दुवै वस्तु पग्लिएर तरल भएका थिए।
त्यसपछि त्यो पग्लिएको म्यान्टल विस्तारै चिसिँदै क्रिस्टल बन्न थालेको थियो। प्लाजिओक्लेज नामको कम गह्रौ पदार्थ सतहमा तैरिएर क्रस्ट बनायो भने बाक्ला पदार्थहरू भित्रतिर डुबे। एन्ड्रयूज-हन्नाले यसलाई चन्द्र निर्माणको क्रममा ज्वालामुखी महासागर रहेको प्रमाणको रूपमा “स्मोकिङ गन” भनेका छन्।
त्यसै समयमा, पोटासियम, दुर्लभ पृथ्वी तत्वहरू र फस्फोरसजस्ता सामग्रीहरू (जसलाई संक्षिप्तमा KREEP भनिन्छ) क्रिस्टलमा मिसिएनन् र पग्लिएको भागमा जम्मा हुँदै गएका थिए।
अघिल्ला अध्ययनहरूले पहिले नै एसपीए बेसिनको तलामा KREEP प्रभाव पग्लने प्रवृत्तिसँग मेल खाने थोरियमको उपस्थिति पत्ता लगाइसकेका थिए, जसले प्रभावको समयमा म्यान्टल सामग्रीले क्रस्ट चिरेर बाहिर निस्केको संकेत गर्छ। तर उत्तरतर्फ भने म्यान्टलको कुनै संकेत देखिएको छैन।
एन्ड्रयूज-हन्ना र उनका सहकर्मीहरूले चन्द्रमाको नक्सा पुनः अध्ययन गर्दा, दक्षिणपश्चिम दिशामा फैलिएको प्रभावजन्य थुप्रोमा वरपरको सामग्रीसँग सम्बन्धित थोरियमको मात्रा उल्लेखनीय रहेको फेला पारे। उनीहरूले एसपीए प्रभावपछि बिस्तारै क्रिस्टल बन्दै गएको ज्वालामुखी महासागर क्रस्टबाट चोइटिएर बाहिर आएको थियो भन्ने निष्कर्ष निकाले।
जब यो सामग्री चन्द्रमाको नजिकको भागमा रहेको प्रोसेलारम KREEP टेर्रेन (पीकेटी) सँग तुलना गरिन्छ, एसपीएको सामग्रीले चन्द्रको भित्री बनावट कसरी विकास भयो भन्ने जानकारी दिन सक्छ। अघिल्ला अध्ययनहरूले एसपीए प्रभावले पग्लिएको महासागरलाई चन्द्रमाको विपरित छेउतिर धकेल्दै पीकेटी क्षेत्र बनाएको हुनसक्ने सुझाव दिएका थिए। तर नयाँ अध्ययनले यी दुई क्षेत्र स्वतन्त्र रूपमा बनेको देखाएको छ, जहाँ एसपीए प्रभाव पीकेटी क्षेत्र बन्नुभन्दा पहिले भएको थियो।
“एसपीए र पीकेटीसँगै मिलेर चन्द्रमाको ज्वालामुखी महासागरको अन्तिम विकासक्रमको कथा बताउन सक्छन्,” एन्ड्रयूज-हन्नाले भने।
पीकेटी क्षेत्रका नमुना पहिले नै अपोलो मिसनमार्फत पृथ्वीमा ल्याइएका थिए, र चीनको चाङ’ए मिसनले २०२० मा सो क्षेत्रबाट थप चन्द्रशिला ल्याएको थियो। त्यसपछि २०२४ मा चाङ’ए ६ मिसनले पृथ्वीमा ल्याएका नमुनाहरूमा दक्षिणी ध्रुव-ऐटकन बेसिनको सामग्री पनि समेटिएको थियो।
यस खोजले २०२६ मा चन्द्रमा अवतरण गर्ने योजना बनाइएको आर्टेमिस मिसनका लागि ठूलो महत्व राख्छ, यद्यपि हाल सुरक्षासम्बन्धी चिन्ताहरू छन्। अन्तरिक्ष यात्रीहरूले म्यान्टलको नमुना सङ्कलन गरेर पृथ्वीमा ल्याउन सक्नेछन्। ती नमुनाहरू पीकेटी क्षेत्रबाट अघिपछि ल्याइएका चन्द्रमामा पाइएको चन्द्रमासँग तुलना गरेर चन्द्रमाको म्यान्टल दुई फरक युगमा कस्तो थियो भन्ने थाहा पाउन सकिन्छ। यसले चन्द्रमाको ज्वालामुखी महासागर कहिले बनेको थियो भन्ने बुझ्न मद्दत पुर्याउनेछ।
एसपीए क्षेत्रले त्यो ज्वालामुखी महासागरबारे महत्त्वपूर्ण सुराग दिनेछ, जुन एन्ड्रयूज-हन्नाका अनुसार “पृथ्वीको जन्मसँग गहिरो रूपमा जोडिएको छ।” वैज्ञानिकहरूलाई पग्लिएको महासागरलाई क्रिस्टल बन्न कति समय लाग्यो भन्ने अनुमान त छ, तर त्यसको ठ्याक्कै समय निर्धारण गर्न गाह्रो छ।
‘नमुना फर्किएपछि हामी एसपीएको ठ्याक्कै उमेर निर्धारण गर्न सक्नेछौं भन्ने हाम्रो आशा छ,” एन्ड्रयूज-हन्नाले भने, ‘त्यसले “प्रभावले समेटेको पछिल्लो चरणको ज्वालामुखी महासागर क्रिस्टलीकरणको ठ्याक्कै समय दिन सक्नेछ।’
प्रकाशित: २४ बैशाख २०८२, बुधबार