आफ्नो काममा एआई प्रयोग गर्ने लगभग आधा भन्दा धेरैले एआईमा विश्वास नगर्ने नयाँ अध्ययनको खुलासा

Technology Khabar २४ बैशाख २०८२, बुधबार

आफ्नो काममा एआई प्रयोग गर्ने लगभग आधा भन्दा धेरैले एआईमा विश्वास नगर्ने नयाँ अध्ययनको खुलासा

काठमाडौं ।

धेरैजसो मानिसहरूले हरेक दिन कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरे पनि यसको नतिजामा विश्वास नगरेको नयाँ अध्ययनले देखाएको छ।

अष्ट्रेलियाको मेलबर्न विश्वविद्यालय र विश्वव्यापी परामर्श फर्म केपीएमजीका अनुसन्धानकर्ताहरूले नोभेम्बरदेखि जनवरी (सन् २०२५) सम्म ४७ देशका ४८,००० भन्दा बढी मानिसहरूलाई एआई प्रतिको उनीहरूको विश्वास, प्रयोग र मनोवृत्तिको बारेमा सर्वेक्षण गरेको रिपोर्ट गरिएको छ।

उत्तरदाताहरूका दुई तिहाइ भन्दा बढीले काममा, स्कूलको लागि, वा आफ्नो व्यक्तिगत समयमा केही नियमितताका साथ एआई प्रयोग गर्ने गरेको र केवल ४६ प्रतिशतले मात्र यी प्रणालीहरूमा विश्वास गर्न इच्छुक भएको अध्ययनले पत्ता लगाएको छ।

सहभागीहरूलाई एआई प्रणालीहरूको प्राविधिक क्षमता र प्रणालीहरूको सेक्युरिटी, प्रोटेक्सन र नैतिक दिगोपनमा कति विश्वास गर्छन् भनेर श्रेणीकरण गर्न लगाइएको थियो।

मानिसहरू कृत्रिम बुद्धिमत्ताको क्षमता निष्पक्ष हुने र हानि गर्दैन भनि विश्वास गर्न चाहेको अध्ययनकर्ताहरूले बताएका छन्।

मानिसहरूलाई सबैभन्दा बढी विश्वास कृत्रिम बुद्धिमत्ताको प्राविधिक क्षमतामा हुने बताइएको छ जसले सही र भरपर्दो परिणामका साथ सेवाहरू प्रदान गर्दछ।

त्यसैगरी अध्ययनले ५८ प्रतिशत उत्तरदाताहरूले काममा नियमित रूपमा एआई प्रयोग गर्ने तथ्य पत्ता लगाएको र यी उत्तरदाताहरूमध्ये ३३ प्रतिशतले आफ्नो काममा साप्ताहिक वा दैनिक रूपमा एआईलाई प्रयोग गर्ने गरेको बताइएको छ।

एआईले उनीहरूलाई राम्रोसँग काम गर्न, जानकारी सजिलैसँग खोज्न र थप रचनात्मक हुन मद्दत गरेको भनि यी कामदारहरूले बताएको टेलिग्राफले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २४ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया