स्टारलिङ्क अब कंगोमा पनि उपलब्ध

Technology Khabar २३ बैशाख २०८२, मंगलवार

स्टारलिङ्क अब कंगोमा पनि उपलब्ध

काठमाडौं ।

स्पेसएक्सका सीईओ इलन मस्कले कम्पनीको स्टारलिङ्क स्याटेलाइट प्रणाली अब कंगोमा उपलब्ध भएको घोषणा गरेका छन्।

रोयटर्सका अनुसार, प्रजातान्त्रिक गणतन्त्र कंगोले अघिल्लो प्रतिबन्ध उल्टाउँदै स्टारलिङ्क लाइसेन्सलाई अनुमति दिने यो अब सबैभन्दा नयाँ अफ्रिकी देश भएको घोषणा गरेको छ

कङ्गोली सरकारले सन् २०२४ को मार्चमा स्टारलिङ्कको प्रयोग निषेध गरिएको बताएको थियो। सैन्य अधिकारीहरूले रुवाण्डा–समर्थित एम२३ सहित विद्रोही समूहहरूले यसलाई प्रयोग गर्न सक्ने चेतावनी दिएका थिए।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघका अनुसार युद्धग्रस्त कंगोमा कनेक्टिभिटी निकै कम भएको र सन् २०२३ सम्म लगभग ३० प्रतिशत जनसंख्याले मात्र इन्टरनेट प्रयोग गर्ने गरेको बताइएको छ।

स्याटेलाइट इन्टरनेट प्रदायकले अफ्रिकामा आफ्नो सेवाहरू द्रुत रूपमा विस्तार गरिरहेको र एक दर्जन भन्दा बढी देशहरूमा प्रत्यक्ष भएको टेलीग्राफले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २३ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया