सामाजिक सञ्जाल प्रयोगमा नियमन आवश्यक: सांसद

Technology Khabar २२ बैशाख २०८२, सोमबार

सामाजिक सञ्जाल प्रयोगमा नियमन आवश्यक: सांसद

काठमाडौं ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद रुकमणि कोइरालाले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगका घटना बढेकाले नियमन हुन आवश्यक रहेको बताइन्।

सांसद कृष्णबहादुर रोकायाले मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना भए पनि गति लिन नसकेकाले यथासीघ्र सम्पन्न गर्नुपर्नेमा ध्यानाकर्षण गराए।

सांसद घनश्याम रिजालले दोलखाको लामाबगर फलाक नाकाले आयात र निर्यात तथा पर्यटनको माध्यमबाट लाभ लिन सक्ने उल्लेख गर्दै सञ्चालनमा ल्याउन माग गरे। सांसद पूजा चौधरीले सुशान्त वली र प्रिसा साहको मृत्युप्रति समवेदना व्यक्त गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताइन्।

यसैगरी सांसद रेणु चन्दले अछामको जयगढ बजार र साँफेबगरको हाटबजारमा भएको आगलागीले जनधनको क्षति पुगेकाले अस्थायी आवास र बजार पुनःस्थापन गर्न माग गरिन्।

Sajilo Visa

प्रकाशित: २२ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया