Technology Khabar २२ बैशाख २०८२, सोमबार
काठमाडौं ।
नेपालमा ओपन-सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवर्द्धनका लागि उबुन्टु नेपाल (Ubuntu Nepal) र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (Center for Cyber security Research and Innovation – CSRI) बीच औपचारिक साझेदारी भएको छ।
आइतबार राजधानी काठमाडौमा भएको साझेदारी हस्ताक्षर कार्यक्रममा दुवै संस्थाले संयुक्तरुपमा आयोजना गर्न लागेको उब-कन एशिया २०२५ (UbuCon Asia 2025) सम्मेलन आगामी भदौ १३–१४ (अगस्ट ३०–३१) मा आयोजना हुने हुने उल्लेख गरिएको छ ।
सो अवसरमा दुवै संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। उबुन्टु नेपालका तर्फबाट आदित्य सिंह, उबुकन एशिया २०२५ आयोजक समितिका प्रमुख, र सीएसआरआईका तर्फबाट अध्यक्ष डा. शालिग्राम पराजुली तथा महासचिव डा. भोजराज घिमिरेले हस्ताक्षर गरेका हुन्।
यो समझदारी र सहकार्य केवल सम्मेलन आयोजनासम्म सीमित नभइ नेपालको सूचना प्रविधि (आईसीटी) क्षेत्रको दीर्घकालीन विकास र ओपन-सोर्स र साइबर सुरक्षा क्षेत्रको सुदृढीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
प्रकाशित: २२ बैशाख २०८२, सोमबार