एप्पललाई उत्पादन अमेरिकामा सार्न दुई अमेरिकी राष्ट्रपतिको आग्रह

Technology Khabar २२ बैशाख २०८२, सोमबार

एप्पललाई उत्पादन अमेरिकामा सार्न दुई अमेरिकी राष्ट्रपतिको आग्रह

काठमाडौं ।

अमेरिकी राष्ट्रपतिले एप्पलका सीईओलाई चीनबाट एप्पलका आईफोन उत्पादन अमेरिकामा सार्न आग्रह गरेका छन्। अमेरिकी राष्ट्रपति र टेक जायन्टका शीर्ष कार्यकारी बीच भएको रात्री भोजका क्रममा अमेरिकी राष्ट्रपतिले एप्पलका सीईओलाई चीनबाट अमेरिकामा आईफोन उत्पादन सार्न एप्पलले के गर्नुपर्छ भनेर सोधेको उल्लेख गरिएको छ।

एप्पलका सीईओले “त्यो कार्यहरू अमेरिकामा फिर्ता नआउने” भनि बताएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

“मेड इन द युएसए अब धेरैजसो एप्पल उत्पादनहरूको लागि व्यवहार्य विकल्प नहुने” भनि न्यूयोर्क टाइम्सले थप रिपोर्ट गरेको टेलिग्राफले उल्लेख गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पलका सीईओ टिम कुकलाई अमेरिकी कारखानाहरूमा आईफोन उत्पादन गर्न सुझाव दिइरहेको बेलामा माथि उल्लिखित यो परिदृश्य निश्चित रूपमा यसै हप्ता भएको जस्तो लाग्न सक्छ।

तर अमेरिकी राष्ट्रपति र एप्पलका सीईओ बीच माथि उल्लिखित सुझावको आदानप्रदान वास्तवमा सन् २०११ मा भएको बताइएको छ। त्यसैगरी राष्ट्रपति डेमोक्र्याट बाराक ओबामा थिए भने ओबामाले कुरा गरिरहेका एप्पलका सीईओ स्वर्गीय स्टीव जब्स थिए।

त्यसैले, दुई राष्ट्रपतिहरूले प्रसिद्ध कम्पनीकालागि एउटै कुरा अनुरोध गरेको टेलीग्राफले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २२ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया