Technology Khabar २२ बैशाख २०८२, सोमबार
काठमाडौं ।
एप्पलको सेवाहरूमा दोहोरो अंकको वृद्धि सहित त्रैमासिकमा आफ्नो राम्रो आम्दानी भएको छ। कम्पनीले अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गरेको र विश्लेषकहरूको अनुमानलाई उछिन्न सफल भएको सीईओ टिम कुकले जानकारी दिए।
कम्पनीले ९५.४ बिलियन अमेरिकी डलर (अनुमानित ९४.६ बिलियन अमेरिकी डलरलाई उछिन्दै) आम्दानी आर्जन गरेको छ जुन वर्षिक दरमा ५ प्रतिशत वृद्धि हो। कम्पनीको प्रति शेयर आम्दानी भने १.६५ अमेरिकी डलर (अनुमान १.६२ अमेरिकी डलर थियो) भएको बताइएको छ, जुन एक वर्ष अघिको त्रैमासिक भन्दा ८ प्रतिशत बढी हो।
त्यसैगरी उक्त त्रैमासिकमा सेवाहरूतर्फको आम्दानी २६.६५ बिलियन अमेरिकी डलरको सर्वकालीन उच्चतम स्तरमा पुगेको छ जुन सन् २०२४ मा सोही त्रैमासिकको २३.८७ बिलियन अमेरिकी डलर थियो। एप्पललाई एप मुद्रीकरणको बारेमा आफ्नो नियमहरू परिवर्तन गर्न आदेश दिइएको छ (जसको अर्थ कम विकासकर्ताहरूले ३० प्रतिशत कर तिर्नेछन्) जसले गर्दा यो रेकर्ड छाटो समयमा नै नतोडिने उल्लेख गरिएको छ।
हार्डवेयर बिक्रीको सन्दर्भमा, आईफोनले उक्त त्रैमासिकमा ४६.८४ बिलियन अमेरिकी डलर आम्दानी आर्जन गरेको छ भने कम्पनीको म्याक, आईप्याड र वेयरेबलहरू (साथै होम डिभाइसहरू) धेरै कम स्तरमा रहेको र एकअर्कासँग लगभग समान भएको बताइएको छ।
क्षेत्र अनुसारका बिक्रीको तथ्याङ्क पनि रोचक भएको बताइएको छ। अमेरिका, जापान र एशिया–प्रशान्त क्षेत्रमा बिक्री बढेका छन् भने युरोप र चीनमा बिक्री स्तरमै रहेको उल्लेख गरिएको छ।
“हाम्रो मार्च त्रैमासिकको व्यापार प्रदर्शनले ईपीएस वृद्धि ८ प्रतिशत र सञ्चालन नगद प्रवाहमा २४ बिलियन अमेरिकी डलरको वृद्धि गर्यो, जसले गर्दा हामीलाई शेयरधारकहरूलाई २९ बिलियन अमेरिकी डलर फिर्ता गर्न सक्ने अवस्थामा पुर्यायो” एप्पलका प्रमुख वित्तीय अधिकारी केभान पारेखले भने।
एप्पलले प्रति शेयर लाभांश ०.२६ अमेरिकी डलर (वर्षको ४ प्रतिशतले वृद्धि) मा बढाएको छ जुन मे १५ मा भुक्तानी गरिनेछ।
यस बाहेक कम्पनीले १०० अर्ब डलरको विशाल स्टक बायब्याक कार्यक्रमको पनि घोषणा गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २२ बैशाख २०८२, सोमबार