Technology Khabar २२ बैशाख २०८२, सोमबार
काठमाडौं ।
मेटा स्मार्ट चस्मा विश्वका विभिन्न बजारहरूमा लोकप्रिय बन्दै गइरहेका छन्, जसका कारण कम्पनीले यसलाई भारत जस्ता थप देशहरूमा ल्याउने योजना बनाएको छ। तर अहिले रे-ब्यान स्मार्ट चस्मामा गोपनीयता सम्बन्धी ठूलो समस्या देखिएको छ, जुन मेटाले आफ्नो नीतिमा हालै गरेको परिवर्तनका कारण आएको हो।
न्युज१८ का अनुसार यी नयाँ नीतिहरूको सीधा असर विशेषगरी तिनीहरूले आवाज र क्यामेरा प्रयोग गरी कसरी अन्तर्क्रिया गर्छन् भन्ने विषयमा स्मार्ट चस्मा प्रयोगकर्ताहरूमा पर्नेछ। मेटाले विस्तृत पोस्टमार्फत यी नयाँ नियमहरू उल्लेख गरेको छ, जुन २०२५ अप्रिलको अन्त्यदेखि लागू भएको हो।
मेटाले यदि गल्तीले सक्रिय भएको कुनै रेकर्डिङ पहिचान भयो भने, त्यसलाई पत्ता लागेको ९० दिनभित्र मेटाइने आश्वासन दिएको छ।
कम्पनीले आफ्नो प्रणालीलाई तालिम दिन र उत्पादनहरू अझ राम्रो बनाउन ती आवाज डेटा प्रयोग गर्ने योजना बनाएको छ।
रेकर्डिङ मेटाउने सुविधा उपलब्ध गराइनेछ, तर यदि कुनै डाटा हटाएको खण्डमा भने त्यो कुराकानीको सम्पूर्ण इतिहास मेटिने मेटाले चेतावनी दिएकोछ। यो वेब ब्राउजरको क्यास मेटाउँदा पुराना सामग्री हराउने जस्तै हो।
कम्पनीले यी रेकर्डिङहरू एक प्रशिक्षित टिमद्वारा समीक्षा गरिने बताएको छ, जसले कडा गोपनीयता नियमहरू अन्तर्गत काम गर्नेछन्। मेटाले तपाईंको आवाजको पिच परिवर्तन गरेर त्यसलाई सुरक्षित बनाउने दावी पनि गरेको छ।
आफ्नो एआई प्रणालीको लागि ठूलो डाटाको भण्डार तयार गर्न खोजिरहेको मेटा पछिल्लो कम्पनी हो जसले यस्तो चिन्ताजनक गोपनीयता नियम सार्वजनिक गरेको घोषणा गरेको छ। अमेजनले हालै एलेक्सा एआईको लागि सबै आवाज रेकर्डिङहरू क्लाउडमा राखिनेछन्।
प्रकाशित: २२ बैशाख २०८२, सोमबार