Technology Khabar २१ बैशाख २०८२, आईतवार
काठमाडौं ।
सहकारी संस्थाहरुमा प्रविधिमा आधारित सेवा सञ्चालन तथा सफ्टवेयरको प्रयोगबारे मधेस प्रदेशका सहकारीकर्मीबीच अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
फिनएक्स को–अपरेटिभ सफ्टवेयर निर्माण कम्पनी जिनव इंन्क प्रालीको आयोजनामा शुक्रबार जनकपुरधाममा भएको कार्यक्रममा मधेस प्रदेशका एक सय भन्दा बढी सहकारी संस्थाका अध्यक्ष, संचालक, व्यवस्थापकहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सहकारी संस्थाहरुमा आधुनिक प्रविधिको प्रयोग, सफ्टवेयर छनोट गर्ने आधार र यसबाट हुने फाइदाबारे छलफल गरिएको थियो।
अन्तरक्रियालाई सहजिकरण गर्दै सहकारी विज्ञ किरण पौडेलले सहकारी संस्थाहरुमा प्रविधिको प्रयोग र उपयुक्त सफ्टवेयरको छनोटलगायतका विषयमा प्रशिक्षण दिएका थिए। उनले सहकारीकर्मीलाई सफ्टवेयर छनोट गर्दा क्लाउड बेस, सहकारी ऐन, नियमसँग तथा मापदण्डसँग नबाझिने, थर्ड पार्टी एप्लिकेशन नचाहीने, नियामकको निर्देशन पालना गर्न र रिपोटिङ गर्न सहज हुने जस्ता विशेषता हेर्न सुझाव दिए।
कार्यक्रममा मधेस प्रदेशका सहकारी रजिस्ट्रारको कार्यालयका अधिकृत वाशुदेव भट्टले सहकारीमा भएको समस्या हटाउन एवं सुशासन कायम गर्न सफ्टवेयरको प्रयोगबाट ठुलो सहयोग पुग्ने बताए।
गत साउनदेखि ‘फिनएक्स को–अपरेटिभ सफ्टवेयर’ नामबाट संचालनमा रहेको सफ्टवेयरको सेवा हाल ५ सय भन्दा बढी संस्थाहरुले प्रयोग गरिरहेका छन्। कोशी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले जारी गरेको ‘सहकारी संस्थामा एप्लिकेशन सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि–२०८१’ ले तोकेको मापदण्ड पुरा गरी सूचिकृत भएको सफ्टवेयरमा कोर बैंकिङका अतिरिक्त कर्जा लगानी प्रक्रिया सम्बन्धी विस्तृत मोडल, गो एएमएल, कोपोमिस, पल्स मनिटरिङलगायत नयाँ सुविधाहरु छन् ।
यस्तै सफ्टवेयरमा क्युआर कोड भुक्तानी तथा फर्छौट, मिस्डकलमार्फत मोवाईल रिचार्ज, बैंकबाट सहकारीमा र सहकारीबाट बैंक खातामा रकम ट्रान्सफर, इसेवा खल्तीलगायतका वालेटहरुमा रकम ट्रान्सफर र वालेटबाट सहकारीको खातामा रकम ट्रान्सफर, एटीएम, इ टेलरलगायतका आधुनिक सुविधा उपलब्ध रहेको जनाएको छ।
प्रकाशित: २१ बैशाख २०८२, आईतवार