टेमुद्वारा चीनबाट अमेरिका सामान पठाउन रोक

Technology Khabar २१ बैशाख २०८२, आईतवार

टेमुद्वारा चीनबाट अमेरिका सामान पठाउन रोक

काठमाडौं ।

टेमुले चीनबाट अमेरिका सामान पठाउन रोक लगाएको छ।

चिनियाँ खुद्रा कम्पनी टेमुले अमेरिकी भन्सार नीतिको सामना गर्दै आफ्नो रणनीति परिवर्तन गरेको छ। कार्यकारी आदेशमार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पले ८ सय डलर भन्दा कम मूल्यका वस्तुहरूमा भन्सार छुट दिने नियम अन्त्य गरेका छन्।

उनले चिनियाँ सामानमा १०० प्रतिशतभन्दा बढी भन्सार बढाएका छन्, जसले शेइनजस्ता चिनियाँ कम्पनीहरू र अमेजनजस्ता अमेरिकी कम्पनीहरूलाई योजनामा फेरबदल गर्न र मूल्य वृद्धि गर्न बाध्य पारेको छ।

सीएनबीसीको रिपोर्टअनुसार टेमु पनि यसको असरमा परेको छ। अमेरिकी खरिदकर्ताहरूले बिलमा १३० प्रतिशतदेखि १५० प्रतिशतसम्म आयात शुल्क थपिएको देखेका छन्।

अहिले भने टेमुले चीनबाट अमेरिका प्रत्यक्ष रूपमा सामान पठाउन बन्द गरिसकेको छ। अब उसले केवल अमेरिकी गोदामहरूमा उपलब्ध वस्तुहरू मात्र देखाउँछ, जबकि चीनबाट पठाइने सामानहरूलाई ‘मौज्दातमा छैन’ भनेर देखाइने टेकक्रञ्चले उल्लेख गरेको छ।

“टेमुले अमेरिकी बिक्रेताहरूलाई आफ्नो प्लेटफर्ममा जोड्न सक्रिय रूपमा काम गरिरहेको छ,” कम्पनीका प्रवक्ताले भने। “यो कदमले स्थानीय व्यापारीहरूलाई थप ग्राहकसम्म पुग्न र आफ्नो व्यापार बढाउन सहयोग गर्ने उद्देश्यले लिइएको हो।”

Sajilo Visa

प्रकाशित: २१ बैशाख २०८२, आईतवार

तपाइको प्रतिक्रिया