नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

Technology Khabar २१ बैशाख २०८२, आईतवार

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

काठमाडौं ।

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले प्रिमियम स्मार्टफोनहरूलाई नेपालभरका प्रयोगकर्ताहरूका लागि थप पहुँचयोग्य बनाउन इन्स्टान्ट फाइनान्स योजना ल्याएको छ।

यस योजना अन्तर्गत प्रयोगकर्ताहरूले केवल आफ्नो नागरिकता प्रमाणपत्र पेश गरेर बिना झन्झट सजिलो र सुविधाजनक मासिक किस्तामा रियलमी स्मार्टफोन किन्न सक्नेछन्।

रियलमीको यस योजनामा गुडविल फाइनान्स लिमिटेड र जगदम्बा हायर पर्चेजले प्रयोगकर्ताहरूलाई थप सुविधा सम्पन्न स्मार्टफोनहरू सजिलैसँग प्राप्त गर्ने अवसर प्रदान गरेको छ।

यो योजना अन्तर्गत, प्रयोगकर्ताहरूले रियलमीका लोकप्रिय मोडलहरू छनौट गर्न सक्नेछन् । रु. ३३,९९९ रुपैयाँ मूल्य रहेको नार्जो ७० प्रो १३,५९९ रुपैयाँको डाउन पेमेन्टमा र १,६९९ रुपैयाँको मासिक किस्तामा उपलब्ध रहेको छ।

त्यस्तै थप बजेट–अनुकूल विकल्प खोज्नेहरूका लागि, रियलमी सि७५ (८+१२८जीबी स्टोरेज) रु.२६,९९९ मा उपलब्ध छ, जसमा रु. १०,७९९ को डाउन पेमेन्ट र रु. १,३४९ को मासिक किस्तामा उपलब्ध छ।

त्यसैगरी वैकल्पिक रूपमा, ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको सि७५ रु. २९,९९९ मा खरिद गर्न सकिन्छ, जसको डाउन पेमेन्ट ११,९९९ रुपैयाँ र मासिक भुक्तानी केवल १,४९९ रुपैयाँ मात्र हुन्छ।

विशेष गरी यो योजना पूर्ण रकम अग्रिम भुक्तान नगरी अत्याधुनिक सुविधा भएको स्मार्टफोन खरिद गर्न चाहने युवा प्रयोगकर्ताहरू, विद्यार्थीहरू र पहिलो पटक स्मार्टफोन खरिदकर्ताहरूका लागि उपयुक्त रहेको छ ।
यो योजना अब देशभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

Sajilo Visa

प्रकाशित: २१ बैशाख २०८२, आईतवार

तपाइको प्रतिक्रिया