युट्युबले भिडियो थम्बनेलहरू धमिलो पार्ने,  केही भिडियोहरू लुकाउने परीक्षण गर्दै

Technology Khabar २१ बैशाख २०८२, आईतवार

युट्युबले भिडियो थम्बनेलहरू धमिलो पार्ने,  केही भिडियोहरू लुकाउने परीक्षण गर्दै

काठमाडौं ।

युट्युबले यौनजन्य सामग्री समावेश भएका भिडियोहरूका लागि अब भिडियो थम्बनेलहरूलाई धमिलो पार्ने योजना बनाएको छ।

प्लेटफर्मले सर्च रिजल्ट्स (खोज परिणामहरू) मा देखा पर्ने भिडियोहरूको प्रिभ्यूज धमिलो पार्ने एउटा नयाँ सुविधा परीक्षण गरिरहेको छ। यस नयाँ सुविधाले विशेष गरी प्रायः यौन प्रकृतिको सामग्री समावेश हुने भिडियोहरूको प्रिभ्यूज धमिलो पार्नेछ।

यो प्रयोगात्मक सुविधा हाल सीमित संख्यामा प्रयोगकर्ताहरूसँग परीक्षण गरिएको युट्युबले बताएको छ।

यसको लक्ष्य भनेको सर्च रिजल्ट्स (खोज परिणामहरू) प्रदान गर्नु भएको बताइएको छ जसले प्राविधिक रूपमा युट्युबको कम्युनिटी गाइडलाइनहरूको पालना गर्दा, प्रयोगकर्ताहरूलाई सम्भावित संवेदनशील सामग्रीबाट पनि जोगाउने छ।

कम्पनीले प्रिभ्यू ब्लर (पूर्वावलोकन धमिलो) पार्ने मापदण्डहरूको विवरण भने प्रदान गरेको छैन। तर, भिडियोको शीर्षक, च्यानलको नाम र विवरण भने पूर्वावलोकन धमिलो भए पनि देखिन उल्लेख गरिएको छ।

यो सुविधा सक्षम पारिएका प्रयोगकर्ताहरूले चाहेमा यसलाई असक्षम गर्ने विकल्प पनि पाउने बताइएको छ।

युट्युबले अब वयस्क सामग्री फिल्टर गर्नको लागि “रेसट्रिक्टेड मोड” पनि प्रदान गर्दछ। गुगल सर्चमा “सेफ सर्च” विकल्प पनि उपलब्ध भएको बताइएको छ जसले एक्सप्लिसिट इमेजेज, टेक्स्ट र लिङ्कहरूको पूर्ण फिल्टरिङको लागि अनुमति दिनेछ। समथै यसले केवल सान्दर्भिक परिणामहरू देखाउने वा टेक्स्ट र लिङ्कहरूलाई अनुमति दिँदा एक्सप्लिसिट इमेजहरू धमिलो पार्ने टेलीग्राफले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २१ बैशाख २०८२, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार