Technology Khabar २० बैशाख २०८२, शनिबार
काठमाडौं ।
गुगल म्याप्सले नयाँ सुधारहरू प्राप्त गरेको छ। प्रयोगकर्ताहरूले अब “ब्याकग्राउण्ड” (पृष्ठभूमि) मा म्याप्स (नक्साहरू) ब्राउज गर्न सक्ने छन्।लगभग एक वर्ष अघि गुगल म्याप्सले फुल स्क्रिन्सलाई शिट्स भनिने चीजले प्रतिस्थापन गर्दैछ भनि रिपोर्ट गरेको थियो जुन विन्डोजहरू भएको र जसले एक्सप्लोर ट्याबबाट जानकारी देखाउँछन्।
यी शिट्सको राउण्ड करनर्स (गोलाकार कुनाहरू) ले अब तपाईंलाई तल नक्साको केही भाग देखिने गरी आफूले चाहेको जानकारी हेर्न दिनेछ। एक्सप्लोर ट्याबले अब सम्पूर्ण स्क्रिनलाई कभर नगर्ने (नढाक्ने) भएकोले गुगलले यु एण्ड कन्ट्रिब्युट ट्याब्सको लागि पनि उही शैली लागू गर्न थालेको बताइएको छ।
इन्फर्मेसन (जानकारी) ले अब सम्पूर्ण स्क्रिनलाई कभर नगर्ने (नढाक्ने) भएकोले शिट्स विन्डोजको प्रयोगमा फाइदा रहेको उल्लेख गरिएको छ। त्यसैगरी इन्टरफेस पनि सफा र थप कन्सिस्टेन्ट (एकनास) भएको छ भने यु ट्याबले अब तपाईंलाई मनपर्ने ठाउँहरू, सेभ गरिएका ट्रिप्स (यात्राहरू) सहित अन्य थप तपाईंको सूचीहरू देखाउने छ।
कन्ट्रिब्युट ट्याबमा पनि उही सुधार लागू गरिएको उल्लेख छ जसले प्रयोगकर्ताहरूलाई एपमा रेटिङ्गस, फोटो, प्रश्नहरूको जवाफ सहित अन्य थप आफ्ना कन्ट्रिब्युसन व्यवस्थापन गर्न सजिलो बनाउनेछ।
यो नयाँ लुक बिहीबार एन्ड्रोइडका लागि गुगल म्याप्सको स्टेबल भर्सन (स्थिर संस्करण) २५.१६.०६ मा रोल आउट हुँदैछ। एक्सप्लोर, यु र कन्ट्रिब्युट ट्याबहरूमा यी शिट्सको प्रयोग गर्दा समयसँगै एपको आईओएस र आईप्याडओएस संस्करणहरूमा पनि उपलब्ध हुनेछ।
यो नयाँ भ्यूको फाइदा यो हो कि तपाईंले अब म्याप (नक्सा) हेर्न पछाडि स्क्रोल गर्नु पर्दैन। अपडेटको साथ, तपाईंले म्याप (नक्सा)को ठूलो भाग हेर्न शिट विन्डोलाई तल तान्न सक्नुहुन्छ जुन सधैं पृष्ठभूमिमा हुनेछ। सम्पूर्ण म्याप (नक्सा) अब पूर्ण पृष्ठले नढाकिएको फोन एरिनाले रिपोर्ट गरेको छ।
गुगलले फेरि एक पटक गुगल म्याप्समा सानो तर उपयोगी परिवर्तन ल्याएको छ जसले एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि अनुभव सुधार गर्दछ भने आईफोन र आईप्याड प्रयोग गर्नेहरूका लागि पनि यो अपडेट चाँडै ल्याइने आशा गरिएको टेलिग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २० बैशाख २०८२, शनिबार