Technology Khabar २० बैशाख २०८२, शनिबार
काठमाडौं ।
एचएमडी र लाभा दुवैले इन्टरनेट वा वाई–फाईको आवश्यकता बिना नै टिभी ब्रोडकास्ट (प्रसारण) गर्ने स्मार्टफोनहरू प्रस्तुत गर्ने भएका छन्। यी डिभाइसहरू मे १ देखि ४ तारिखसम्म भारतको मुम्बईमा रहेको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा हुने वर्ल्ड अडियो भिजुअल एण्ड इन्टरटेनमेन्ट समिट (वेभ्स) २०२५ को समयमा प्रदर्शन गरिनेछ।
यो प्रविधिलाई डाइरेक्ट–टू–मोबाइल (डी२एम) भनिन्छ र यसले फोनलाई सेलुलर वा वायरलेस जडान बिना नै सिग्नल प्राप्त गर्न र मल्टिमिडिया कन्टेन्ट स्ट्रिम गर्न अनुमति दिनेछ। त्यसैगरी लाभा फोन अल्ट्रा–हाई–फ्रिक्वेन्सी (यूएचएफ) एन्टेनाले सुसज्जित हुनेछ जसले भू-सतही टिभी प्रसारणहरू प्राप्त गर्दछ।
लाभा र एचएमडी फोनहरू दुवै फिचर फोनहरू हुन् जसमा संख्या ल्याब्सको एसएल३००० चिप हुनेछ। लाभाको फोन तेजस नेटवक्र्ससँगको सहकार्यमा विकसित गरिएको र मिडियाटेक एमटी६२६१ चिप द्वारा संचालित हुने कम्पनीले पुष्टि गरेको छ।
लाभाको यस फिचर फोनमा २,२०० एमएएच ब्याट्री र २.८ इन्चको स्क्रिन पनि हुनेछ। यद्यपि फोनको उक्त २.८ इन्चको सानो डिस्प्लेमा टिभी कसले हेर्ला भन्ने प्रश्न उठेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २० बैशाख २०८२, शनिबार