Technology Khabar १९ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा सूचना प्रविधिको विभिन्न विधामा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस वर्षको नेसनल आइसीटी एक्सिलेन्स अवार्ड प्रा.डा शशीधर राम जोशी दिएको छ भने नेसनल आइसीटी एक्सिलेन्स अवार्ड (महिला) बाट बन्धना शर्मालाई सम्मान गरेको छ।
यसैगरी, मन्त्रालयले नेसनल आइसीटी अवार्ड (पब्लिक सेक्टर) जल तथा मौसम विज्ञान विभागलाई, नेसनल आइसीटी अवार्ड (पब्लिक सेक्टर-प्रदेश/स्थानीय) ललितपुर महानगरपालिकालाई र नेसनल आइसीटी इनोभेसन अवार्ड इकागजपत्र प्रालिलाई प्रदान गरेको छ।
यसैगरी, ट्याकुम डिजिटल प्रालिले नेसनल आइसीटी स्टार्टअप अवार्ड पाएको छ भने म्याभेरियम सिस्टम प्रालिले नेसनल आइसीटी अवार्ड (प्राइभेट सेक्टर), र निन्जा इफोसिस् प्रालिले नेसनल आइसीटी अवार्ड (प्राइभेट सेक्टर- प्रदेश / स्थानीय) हात पारेका छन्।
मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा सूचना प्रविधि क्षेत्रबाट सबैभन्दा धेरै आयकर तिरेको भन्दै कम्पनीहरु एनसेल आजियाटा लिमिटेड, फोनपे पेमेन्ट्स सोलुसन्स र इसेवा लिमिटेडलाई समेत सम्मान गरेको छ।
प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार