Technology Khabar १९ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत भएको छ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय परिचय पत्र सार्वजनिक सेवा प्रवाह र विकास व्यवस्थापनको आधारको रुपमा प्रयोग गरिने बताएका छन्। यसबाहेक उनले यसलाई अन्य सार्वजनिक सेवासँग आवद्ध गरी सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाइने जानकारी दिए।
प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार