सुरक्षित साइबर स्पेस निर्माण गरिने

Technology Khabar १९ बैशाख २०८२, शुक्रबार

सुरक्षित साइबर स्पेस निर्माण गरिने
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेल काठमाडौँ, १९ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८२÷०८३ को लागि सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं ।

सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साइबर अपराध नियन्त्रण र अन्य अपराध अनुसन्धानमा उच्च प्रविधिको प्रयोग गरिने घोषणा गरेका छन्।

यसैगरी अति संवेदनशिल सूचना प्रविधि पूर्वाधारको सुरक्षा र निरन्तरताको सुनिश्चितता गर्दै सुरक्षित साइबर स्पेस निर्माण गरिने बताए।

यस्तै सामाजिक संजालको प्रयोगलाई सुरक्षित गर्न कानूनी व्यवस्था गरिने बताएका छन्।

Sajilo Visa

प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया