Technology Khabar १९ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
मोबाइल चिप डिजाइन कम्पनी क्वालकमले बुधबार तेस्रो त्रैमासिक आम्दानीको पूर्वानुमान सार्वजनिक गरेको छ, जुन विश्लेषकहरूको अनुमानभन्दा कम छ। यससँगै स्न्याप र सामसङ जस्ता अन्य प्रविधि कम्पनीहरूले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धको प्रभावबारे चिन्ता व्यक्त गरेका छन्।
क्वालकम का प्रमुख वित्तीय अधिकृत आकाश पलकिवालाले परिणामपछि विश्लेषकहरूसँगको टेलिकन्फरेन्समा तेस्रो त्रैमासिकको अनुमान हालको जस्ताको तस्तै रहेको ट्यारिफको प्रभावलाई प्रतिबिम्बित गर्छ। तर उनले अमेरिकी-चीन व्यापार तनाव छिटो परिवर्तन भइरहेकाले अवस्था बदलिन सक्ने बताए।
“हामी कुनै ठूलो प्रत्यक्ष असर देखिरहेका छैनौं – सानो प्रत्यक्ष असर र केही सामान्य मागमा परिवर्तन मात्रै देखिएको छ,” पलकिवालाले भने। “यो हाम्रो लागि अनुमान गर्न गाह्रो छ।”
क्वालकम ले तेस्रो त्रैमासिकमा आफ्ना स्मार्टफोन चिपहरूको सुस्त मागको अपेक्षा गर्दै वाल स्ट्रिटको अनुमानभन्दा थोरै कम आम्दानीको पूर्वानुमान गरेको हो। क्वालकमको सबैभन्दा ठूलो ग्राहक मानिने एप्पलले आफ्नै मोडेम चिपहरू उत्पादन गर्न थालेको छ र अब आफ्नै उत्पादनमा ती चिपहरू प्रयोग गर्दै जाँदा क्वालकमबाट कम मोडेम किन्न सक्ने विश्लेषकहरूको अनुमान छ।
प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार