आईफोन १८ मोडेलहरूमा सुधारिएको मेमोरी,१७ सिरिजमा कम्तीमा १२ जीबी र्याम हुने

Technology Khabar १९ बैशाख २०८२, शुक्रबार

आईफोन १८ मोडेलहरूमा सुधारिएको मेमोरी,१७ सिरिजमा कम्तीमा १२ जीबी र्याम हुने

काठमाडौं ।

आईफोन १७ को सबै चार मोडेलहरूमा १२ जीबी र्याम समावेश गरिने डिजिटल च्याट स्टेशनको नयाँ अफवाह वेइबोमा देखा परेको छ। साथै आईफोन १७ प्रो र प्रो म्याक्सको लागि प्रयोग गरिने ए१९ प्रो चिप ए१८ प्रोको तुलनामा उल्लेखनीय रूपमा सुधारिएको प्रदर्शनको साथ टीएसएमसीको ३एनएम प्रक्रियामा बनाइने अफवाहले थप उल्लेख गरेको छ।

यस अघिका अफवाहले आईफोन १७ परिवारका चार मध्ये तीन सदस्यहरूले १२ जीबी र्याम पाउनेछन् भनि दावी गरेको थियो। तथापि भेनिला मोडेलको लागि भने अझै पनि निर्णय भइनसकेको र अर्को महिनासम्ममा एप्पलले यसको बारेमा आफ्नो निर्णयलाई अन्तिम रूप दिने उल्लेख गरिएको छ।

त्यसैगरी, आईफोन १८ परिवारले मेमोरी स्विच गर्दै सिक्स–च्यानल एलपीडीडीआर५एक्स मेमोरी प्रयोग गर्ने भनिएको छ जुन एप्पलको डिभाइसहरूमा डेब्यू हुनेछ। सुधारिएको ब्यान्डविथले प्रदर्शनमा सुधार गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया