Technology Khabar १५ बैशाख २०८२, सोमबार
काठमाडौं ।
पोर्चुगल र स्पेनमा ठूलो मात्रामा बिजुली कटौती हुँदा मोबाइल फोन नेटवर्कहरु प्रभावित भएका छन्।
म्याड्रिड र बार्सिलोनाका एएफपी समाचार एजेन्सीका रिपोर्टरहरूले मानिसहरूलाई नेटवर्कमा कनेक्सन गर्न आफ्नो स्मार्टफोन माथि उठाएर सडकमा निस्किरहेको देखेको बीबीसीले रिपोर्ट गरेको छ।
समाचार एजेन्सीका अनुसार धेरै मानिसहरूले अपडेटहरू प्राप्त गर्न आफ्नो फोनको सट्टा रेडियो प्रयोग गरे।
यसैबीच समाचारहरुकाअनुसार, ट्राफिक बत्तीहरू बन्द भएका छन् र ठूलो ट्राफिक जाम भएको थियो । ट्रेन सेवाहरु ठप्प भएका छन भने विमान उडानहरूमा ढिलाइ भएको थियो।
यस्तै, लिस्बनमा नगद बिन्दुहरूमा मानिसहरु लाइनमा लागेका छन, जहाँ बिजुली अवरुद्ध भएका कारण कार्ड भुक्तानीहरू स्वीकार गरिएका छैनन्।
रोयटर्सकाअनुसार, अधिकारीहरूले कम्तिमा एक घण्टा पछि पनि विद्युत अवरुद्ध हुनुको कारण बताउन सकेनन्, यद्यपि सम्भावित साइबर आक्रमणलाई अस्वीकार गरिएको थिएन र अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।
प्रकाशित: १५ बैशाख २०८२, सोमबार