करिब १८ अर्ब रुपैयाँको अवैध कारोबार, डिजिटल वालेटका बैंक खातामा जम्मा गराउने २१ जना पक्राउ

Technology Khabar १५ बैशाख २०८२, सोमबार

करिब १८ अर्ब रुपैयाँको अवैध कारोबार, डिजिटल वालेटका बैंक खातामा जम्मा गराउने २१ जना पक्राउ

काठमाडौं ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले करिब १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न रहेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ।

ब्युरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता सुधीर राजा शाहीकाअनुसार अवैध वित्तीय कारोबारमा संलग्न रहेका विभिन्न मनि चेन्जर तथा त्यसका सञ्चालकसमेत २१ जनालाई पक्राउ गरिएको छ।

उनीहरुले आन्तरिक बिप्रेषणको नाममा १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ कारोबार गरेको पाइएको ब्युरोले सोमबार जनाएको छ।

यस्तै संलग्न रहेका व्यक्ति तथा समुहले अवैध कारोबार बापत प्राप्त गरेको गैर कानूनी रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रा.लि.) कम्पनिहरुको नाममा नेपालमा रहेका बैंक खाताहरुमा जम्मा गर्नको लागी “मनि मूल” (Money Mule) हरुलाई परिचालन गरेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुले ठुलो परिमाणमा नगदै रकम खातामा प्लेसमेन्टगरी सो रकमलाई  बिभिन्न रेमिट्यान्स भुक्तानी गर्न अनुमती लिएका मनि ट्रान्सफर कम्पनीहरुले उक्त डिजिटल वालेट कम्पनिहरु मार्फत ई-मनि (E-Money) बनाई सो रकमलाई रेमिट्यान्स बापत भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरुका नेपालमा रहेका आफन्तहरुको खातामा ट्रान्सफर गरि रेमिट्यान्स बापतको रकम हिसाव मिलान (Settlement) गरेको देखिएको उल्लेख छ।

पक्राउ पर्नेहरूमा वीरेन्द्र प्रसाद साह, दीपेन्द्र प्रसाद साह, श्रवण कुमार साह, तारालाल यादव, हरेराम महतो, निरोज कुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह,अरुण कुमार साह, प्रदिप कुमार साह, संजिवकुमार महतो, राज लोनिया कमल, भिम कुमारी गुरुङ, राम विलास साह, ममता कुमारी साह, बिकर्ण जंग राणा, गणपती पाण्डे, सलमा खातुन, सुशीला कुमारी शाहु, गोविन्द प्रसाद आचार्य  र सम्भु मेहता रहेका छन्।

सो अभियोगमा प्रहरीले मनि ट्रान्सफर र त्यसको संचालक समेतका व्यक्तिहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुर उपर अनुसन्धान भइरहेको जनाएको छ।

Sajilo Visa

प्रकाशित: १५ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया