Technology Khabar १५ बैशाख २०८२, सोमबार
काठमाडौं ।
टिकटक बनाउन बोलाएर रौतहटमा १४ वर्षीय बालकको गोली हानेर हत्या भएको छ।
वृन्दावन नगरपालिका-७ का १४ वर्षीय कृष्णप्रसाद यादवको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने मुख्य अभियुक्त २५ वर्षीय नागेन्द्र सहनी, २२ वर्षीय साधु भन्ने नागेन्द्र सहनी, गौर नगरपालिका-४ का विकास पटेल र वडा नम्बर ८का अनिल साह छन्।
प्रहरी अनुसन्धानमा नागेन्द्र सहनी र मृतक यादवको परिवारपछि पुरानो रिसिइबी रहेको र त्यसैको रिसमा उनीहरूले हत्या गरेको खुलेको हो।
प्रहरीका अनुसार घटनाको दिन नागेन्द्र र साधुले टिकटक बनाउनको लागि मृतक यादवलाई मोबाइलमा फोन गरी गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा बोलाएका थिए । यादव त्यहाँ पुगेपछि दुई जना मिलेर उनलाई नियन्त्रणमा लिई उनको मोबाइल खोसेका थिए।
घटनास्थल पुगेपछि साधुले कृष्णप्रसादलाई धकेलेर लडाएका थिए। नागेन्द्रले भने उनको छातीमा दुई राउण्ड गोली हानेर हत्या गरेका थिए।
प्रहरीले चारै जनामाथि कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: १५ बैशाख २०८२, सोमबार